arrow

हुँदै सरकार विस्तार, यी हुन् मन्त्रीका आकांक्षी

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
pm-office-and-council-of-ministries.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । उनले मन्त्रिपरिषदलाई शुक्रबार नै पूर्णता दिने तयारी गरिरहेको उच्च स्रोतले जनाएको छ । 

प्रधानमन्त्री ओलीले सरकार विस्तारका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संगसंगै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसंग पनि कुरा गरिसकेका छन् । 

राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा लैजान प्रयास भइरहेको छ । ओली सरकारले मन्त्रालय पनि बढाउने तयारी गरेको छ । 

मन्त्रिपरिषद विस्तार गर्न खोज्दा एमालेभित्र बढी आकांक्षी भएकाले अझै सहमति हुन नसकेको बताइन्छ । 

फागुन ३ गते प्रधानमन्त्री भएका ओलीले सोही दिन एमालेका दुई नेतालाई मन्त्री नियुक्त गरेका थिए । १६ फागुनमा एमाले र माओवादी केन्द्रका दुई दुई मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् सात सदस्यीय बनाएका थिए ।

मन्त्रीका लागि छन् यी आकांक्षी 
मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य भएसँगै एमाले र माओवादी केन्द्रमा मन्त्री हुनेको संख्या पनि दर्जनभन्दा बढी रहेको छ ।

प्रदेश १ बाट एमाले सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराई, सांसद वसन्त नेम्वाङ, पोलिटब्युरो सदस्यसमेत रहेका सांसद भानुभक्त ढकाल मन्त्री हुने चर्चा प्रधानमन्त्री निवास बालुवाटरमा भइरहेको छ ।

यसैगरी, प्रदेश २ बाट रघुवीर महासेठ, प्रदेश ३ बाट कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, शेरबहादुर तामाङ, पार्वत गुरुङ, रामवीर मानन्धर, प्रदेश ४ बाट रवीन्द्र अधिकारी, प्रदेश ५ बाट प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा मन्त्री बन्ने चर्चा रहेको छ ।

यसैगरी, कर्णाली प्रदेशबाट धनबहादुर बुढा, गोपालबहादुर बमको मन्त्री बन्ने सम्भावना रहेको छ । प्रदेश ७ बाट भीम रावल, प्रेम आले, नारदमुनि रानामध्ये एक जना मन्त्री हुने चर्चा छ ।

यसैगरी, माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, बिना मगर, सुदन किराती, अमनलाल मोदी, देवेन्द्र पौडेल मन्त्री बन्ने चर्चा माओवादी केन्द्रको हेडक्वार्टरमा चलिरहेको छ ।

यसैगरी, राजपा नेपालमा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी र फोरम नेपालबाट पार्टी अध्यक्षसमेत रहेका उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव मन्त्री बन्ने चर्चा छ ।

मन्त्री बन्ने आकांक्षी धेरै भएकाले छनोट गर्न सकस भएको पनि बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ