arrow

एकपछि अर्का सहयात्री ट्रम्पसँग छुट्टिए, अब छुट्टिने पालो छोरा बुहारीको 

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा, डोनाल्ड ट्रम्प जुनियर र उनकी श्रीमती वनेस्सा ट्रम्प छुट्टिने भएका छन् । उनीहरुले संयुक्त विज्ञप्ती निकालेर पारपाचुके गर्ने घोषणा गरेका हुन् । उनीहरुको संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘१२ वर्षको बैबाहिक सम्बन्धपछि अब हामीले अलग बाटोमा हिँड्ने निर्णय लिएका छौं ।’

छुट्टिएपनि हामीले एक अर्काका परिवारलाई अपार सम्मान गर्नेछौ । हाम्रा ५ सन्तान छन र उनीहरु नै हाम्रो प्रमुख प्राथमिकतामा पर्नेछन् । यो बेला आफ्नो गोपनीयताको ख्याल गरिदिन पनि अनुरोध गर्छौं'' संयुक्त विज्ञप्तीमा भनिएको छ । उनीहरुको संयुक्त विज्ञप्ती आउनुअघि न्यू योर्क पोष्ट हो छैटौं पाना र न्यू योर्क डेली न्यूजले, राष्ट्रपति डोनाल्ड ट्रम्पकी बुहारीले सम्बन्ध बिच्छेदका लागि म्यानहटन सर्वोच्च अदालतमा मुद्दा हालेको खबर छापेका थिए । यसबारे ह्वाइट हाउसले प्रतिक्रिया दिन अस्वीकार समेत गरेको थियो । डोनाल्ड ट्रम्प जुनियर र वेनास्साको २००३ मा भेट भएको थियो । 

त्यो बेला डोनाल्ड ट्रम्पले एउटा फ्याशन शोमा उनीहरुलाई सबैको अगाडी परिचय गराएका थिए । उनीहरुको विहे २००५ मा भएको थियो । यसअघि सधैंजसो सार्वजनिक जीवनबाट टाढै रहेकी वनेस्सा ट्रम्पले गएको महिना एउटा पत्र खोल्दा शंकास्पद वस्तु फेदा परेपछि संचार माध्यममा छाएकी थिइन् । पत्रमा शंकास्पद वस्तु फेला परेपनि उनलाई कुनै खतरा भने भएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ