arrow

बिप्लब माओवादीद्वारा कार्यकर्ता पक्राउको बिरोधमा शनिवार कैलाली बन्दको घोषणा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ चैत २ शुक्रबार
mamata_biplav.png

धनगढी ।  पश्चिम नेपालको कैलाली स्थित घोडाघोडी नगरपालिकाका मेयर माथी आक्रमणको आरोपमा आफ्ना कार्यकर्तालाई झुटो मुद्दामा पक्राउ पारिएको भन्दै बिप्लब निकट माओबादीले भोली शनिबार कैलाली बन्दको घोषणा गरेको छ ।

नेत्र बिक्रम चन्द बिप्लबको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्ना पार्टीका जिम्मेवार ब्यक्तीहरुलाई प्रहरीले पक्राउ गरी झुटा मुद्दा लगाएको भन्दै बन्द आह्वान गरेको जनाएको छ ।  

केही दिन अघी  कैलालीको घोडाघोडीमा वोक्सीको आरोपमा स्थानिय  राधा चौधरीमाथि निर्मम यातना दिएको घटना बाहिर आएको थियो ।

 उक्त घटनामा घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीले पिडीत महिलालाई न्यान दिनु को साटो मिलापत्र गराएको भन्दै बिप्लप माओबादीले विज्ञप्ती निकालेर मेयर माथि कार्बाही गर्ने चेतावनी दिएको थियो। त्यसको एक दिन पछी मेयर चौधरी माथि गोली प्रहार गरीएको थियो ।

 मेयर ममता प्रसाद चौधरीमाथी बिप्लप माओबादीका कार्यक्रर्ताले आक्रमण गरेको भन्दै प्रहरीले  घोडाघोडी नगरपालिका १ का कमल क्षेत्री, वडा नम्बर ९ का भरत शाह, वडा नम्बर ८ का पुर्ण प्रसाद खनाल, र वडा नम्बर १ का ह्दयराज बोगटीलाई पक्राउ गरेको छ ।

पक्राउ  परेका चार जना सहित १३ जनामाथी ज्यान मार्ने उधोगमा  मुद्धा दर्ता गरेको प्रहरीले जनाएको छ   । घटनामा फरारको सूचीमा रहेकाहरु बिप्लव माओवादीका पश्चिम क्षेत्रका ठुला कमान्डरहरु र जिल्लाका नेताहरु  समेत रहेको प्रहरीले जनाएको छ ।  बन्दको पूर्व सन्ध्यामा आज साँझ मसाल जुलुश निकाल्ने बिप्लप माओबादीले विज्ञप्ती  मार्फत जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ