arrow

प्रहरीको नागरिक सुनुवाईमा गुनासै गुनासो

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७४ चैत २ शुक्रबार
photo_polic_public_haring.JPG

बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले पहिलो पटक जिल्लामा शुक्रबार  सार्वजनिक रुपमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा स्थानिय  सहभागीहरुले प्रहरी प्रशासन लाई गुनासै गुनासो पोखेका छन् । प्रहरी कार्यालयले सदरमुकाम चैनपुरको खुल्ला मञ्चमा गरेको सार्वजनिक सुनुवाईमा कार्यालयबाट सम्पादन भएका काम र प्रहरी सेवा प्रति सुझाव सल्लाह तथा गुनासा राख्न नागरिकहरु लाई आग्रह गरेको थियो ।

कार्यक्रमा सहभागी छबिस पाथीभेरा गाँउपालिका मण्डी  घर भएकी ढुंकी देबी मण्डेलले महिलाहरु अन्यायमा परेका बेला प्रहरी कार्यालयमा जादा पहुच बाला ब्यक्तिहरुको भनसुनका आधारमा महिलाका मुद्दा दर्ता नगरिदिएको गुनासो पोखिन् । उनि जस्तै सहभागी महिला अधिकारक्रर्मी सिता सिंहले प्रहरीको नजिकै रहेको सदरमुकाम चैनपुरमा समेत आभारा केटाहरु र सदरमुकामको छेउछाउ गाँउका यूवा तथा बिध्यार्थीका समुह बिच झै भगडा बढ्दै गएको तर यसलाई न्यूनिकरण गर्न भने खासै प्रहरीको ध्यान नगएको गुनासो राखिन् ।

 नागरिक सुनुवाई कार्यक्रममा प्रहरी कार्यालयका प्रमुख ऋसीराम कडेलले जिल्लामा आवश्यक प्रहरीको दरवन्दी नभएकाले एउटा प्रहरी चौकीले चार पाँच घण्टा हिडेर अपराधीको नियन्तण गर्नु पर्ने  समस्या भएको बताए । हाल बझागं जिल्लामा दुई सय पैसट्टी जना प्रहरी कार्यारत रहेका पनि उनले जानकारी दिए ।

राज्यको पुनसंरचना अनुसार स्थानिय गाँउपालिका केन्द्रहरुमा प्रहरी चौकी नभएकाले शान्ति सुरक्षा कायम गर्न समस्या भएको पत्रकार रमेश केसीको भनाई छ  । उनि जस्तै कार्यक्रममा सहभागी भएका नेपाल पत्रकार महासंघका अध्यक्ष जगदिस रोकायाले सदरमुकाम चैनपुरमा भई रहेको जुवा तास खेलाउन प्रहरीको संलग्नता भएको गुनासो आउने गरेको बताउदै लाईसेन्स नभएर जिल्ला भित्रका शाखाहरुमा गाडी चालकहरुलाई प्रहरीले कारबाही नगरेको वताए । उनले सर्बसाधारण पिडीत ब्यक्तिहरुको उजुरी दर्तामा ढिलासुस्ती गर्ने गरेको ,समाजमा दादागिरी घमण्ड गर्नेहरुलाई तह लगाउन नसकेको ,साथै जिल्लामा भएका केही हत्याका घटनामा संलग्न अपराधिहरुलाई हाल सम्म पनि नियन्तण गर्न नसकेको गुनासो राखे।

 साथै अध्यक्ष  रोकायाले जिल्लामा आउने प्राय जसो प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले काठमाण्डौमा बस्ने नेताहरुका फोनका आधारमा प्रभावित भएर काम गर्ने गरेको समेत आरोप लागाए । धेरै सहभागीहरुले राखेको गुनासा सुनिसकेपछि प्रहरी प्रमुख कडेलले पिडीतहरुको न्यायका लागी प्रहरी कहिल्यै पनि बिचलन नहुने र समाजमा शान्ति सुरक्षा कायम गर्न सबै नागरिकहरुले प्रहरी लाई सुचना साथ दिनु पर्ने आग्रह गरे । साथै उनले सहभागीवाट आएका सुझावहरु आफुहरुको लागी मार्ग दर्शन भएको वताए ।
 
बझाङ जिललामा हुने अबैध जडिबुटी तथा चोरी तस्करीका केही घटनाहरुमा प्रहरीले सफलता कायम गरेकोले प्रहरीको केही कामको प्रसंसा गर्दै नागरिक समाजका अगुवा धर्म जगं सिहंले प्रहरी भित्रका केही कमजोरी सुधार गर्नु पर्ने र शान्ति सुरक्षा कायम गर्न प्रहरी र नागरिकको सहकार्य हुनुपर्ने कुरामा जोड दिए ।
 
प्रहरी कार्यालयामा जान तथा प्रहरीसंग आफ्ना गुनासा राख्न अफ्ठ्यारो मान्ने सर्ब साधारणहरुले प्रहरीले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रमका साथी प्रहरी मेरो साथी जस्ता कार्यक्रमले प्रहरी प्रतिको डर हट्ने गरेको  गरेको भनाई छ  ।

कार्यक्रमामा सहभागी प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले गाँउमा कुनै अपराधि घटना भयो भने यहाँको प्रचलन प्रहरी प्रसासन भन्दा नेताहरुलाई फोन गर्ने बढी रहेको बताउदै पिडीतहरुको न्यायका लागी प्रसासन सधै जनताको साथ दिने आश्वासन दिए  ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ