arrow

यूएस बंगला विमान दुर्घटना : शव बुझाउन ढिलाई, आफन्तले मागे सरकारको राजीनामा

विदेशी मिडियालाई भ्याईनभ्याई

logo
प्रकाशित २०७४ चैत ३ शनिबार
biman_durghatana.jpg

काठमाडौं । यूएस बंगला विमान दुर्घटनामा निधन भएकाहरुको शव पहिचानमै समस्या भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव बुझ्ने आफन्तको भीड लागेको छ । तर, अहिलेसम्म कुनै परिवारले पनि शव बुझ्न पाएका छैनन् ।

पहिले अस्पताल प्रशासनले ५१ जनाको शव पहिचान सहिएपछि एकै पटक सबैलाई बुझाउने भन्यो । तर, अहिले फेरि कुरा फेरेको छ । प्रशासनले अहिले १० नेपाली र १५ बंगलादेशी नागरिकको शव चिनिएको भनेको छ ।

अस्पतालले पहिचान भएका यी शव बुझ्न सकिनेछ भनेको छ, पीडित पक्षकी इन्दिरा तिवारीले हाम्राकुरासँग भनिन्, ‘निकै समस्या होला जस्तो भयो । पहिले अस्पताल प्रशासनले एउटा कुरा भन्यो । अहिले भिन्न कुरा गरिरहेको छ । यति पहिचान भएका शवहरु चरण–चरणमा बुझाउनु थियो भने चिन्न सकिने शव पहिल्यै किन दिएन भन्ने परिवारका सदस्यहरुको गुनासो छ ।’ यत्रो दिनपछि यस्तो किन भनेको भनि उनीहरु आक्रोशित भएका छन् । उनीहरुले शव बुझाउन ढिलो गरेको भन्दै  सरकारको राजीनामा मागेका छन् ।  

जहिले धाउँदा-धाउँदा हैरान भइसक्यौँ, इन्दिराले भनिन्, ‘सरकारका कोही मन्त्री आएर पनि हेर्नु भएन । त्यति मात्रै हो र ? बंगलादेशका मिडियाहरुले यही आएर निधन भएकाका आफन्तसँग लाइभ कुराकानी गरिरहेका छन् । नेपालका मिडियाको उपस्थिति पनि त्यति राम्रो नदेखिएको गुनासो छ ।’ शवहरु अलग–अलग बुझाउने कुरा अहिले आएर गरेकोमा आफन्तहरु रिसाएका छन् । त्यति मात्रै होइन, अस्पतालको व्यवस्थापन हेर्दा कतै नेपालीको शव बंगलादेश र बंगालीको शव नेपाल त हुँदैन भन्ने चिन्ता आफन्तलाई छ । उनीहरुले व्यवस्थापनप्रति असन्तुष्टि राख्दै गृहमन्त्रीको समेत राजीनामा मागेका छन् ।

कस्तो छ व्यवस्थापन ?
प्रहरीका एक जना डिएसपी उभिएका छन् । डाक्टरले भित्रबाट नाम ल्याएर पढ्छन् । बोलेको केही बुझिदैन । बोलेको नाम नबुझिएपछि कुनैबेला झडपको स्थिति हुन्छ । राम्ररी सुनिने माइक पनि रहेन छ । इन्दिराका अनुसार पूर्णिमा लोहनीको शव घडि र टपबाट चिनियो । तर जिम्मा लगाउने टुंगो अझै छैन ।

यहाँ छाला र कपालको डिएनए गरेर पहिचान हुँदो रहेछ, उनले भनिन्, 'तर, विमान दुर्घटनापछि आगो लागेकाले सबै शवको छाला र कपाल डढेको छ । पहिचानमा कठिनाई भएको छ । हड्डीबाट डिएनए गर्दा समय लाग्दो रहेछ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ