arrow

ट्रम्प प्रशासनको 'नो' वाणीले अमेरिकाको हातबाट फुत्कियो एशिया, तनाव क-कसलाई ?

logo
प्रकाशित २०७४ चैत ४ आइतबार

काठमाडौं । तेज रुपमा आफ्नो शक्ति विस्तार गरिरहेको चीनले पछिल्लो समय अमेरिकाको एशिया माथिको प्रभुत्वको लागि चुनौती दिन थालेको छ । अमेरिकाले लामो समयदेखि आफ्नो प्रभुत्वमा राखेको केही देशहरु समेत अमेरिकाको साहारा छाडेर चीनको साथमा लाग्न थालेपछि चीनियाँ विस्तारवादी नीति पछिल्लो समय एशियामा तीब्र रुपमा फैलिएको रिपोर्ट अमेरिकाबाट प्रकाशित हुने द न्यूयोर्क टाईम्सले जनाएको छ । 

पछिल्लो हप्ता अमेरिका बाहेकका ११ देश द्वारा आयोजना गरिएको ट्रेड डिलले समेत एशियाली महाद्विप अमेरिकाको प्रभुत्वभन्दा माथि उठिसकेको देखाएको छ । यस्तो नयाँ ट्रेड डिल अमेरिकाको नेतृत्वमा चीनलाई काउन्टर दिनको लागि हुनुपर्ने थियो । तर यसबाट ट्रम्प बाहिर निस्किए । यस सम्मेलनले अमेरिकालाई अस्वीकार गरेको संकेत मात्रै दिएको छैन । यो सम्मेलनमा सहभागी भएका देशहरु चीनतिर ढल्किएको संकेत समेत मिल्न थालेको छ ।

न्यूयोर्क टाइम्सको एक रिपोर्टका अनुसार एशियामा अमेरिकी सैन्य शक्ति र आर्थिक शक्ति पनि एशियाको लागि भारी परिरहेको थियो । त्यसैले एशियाले अर्थव्यवस्था र राजनीतिक व्यवस्थालाई पुनः परिभाषित गरेको छ । अमेरिकालाई चुनौती दिनेगरी चीनले आफ्नो सैन्य शक्ति र आर्थिक शक्ति समेत बढाएर एशियामा आफ्नो प्रभाव बढाउन थाल्यो जसले गर्दा फिलिपिन्स र इन्डोनेसिया जस्ता परम्परागत रुपमा अमेरिकाको निकट मानिएका मुलुकलाई समेत आफ्नो पक्षमा ल्याउन चीन सफल भईसकेको छ । 

यसलाई पछिल्लो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक विदेश नीतिका कारण समेत मान्ने गरिएको छ । ट्रेड एग्रीमेन्ट्समा ट्रम्प प्रशासनको तर्फबाट नो भनिदिएको कारण एशियाका मुलुकहरु अमेरिकाको समर्थनबाट बाहिरिन लागेको आरोप लागेको हो । पछिल्लो साता ११ देशबीच भएको ट्रेड डिलमा अष्ट्रेलिया र जापानले पनि अमेरिकाको साथ छोड्ने संकेत दिईसकेका छन् । 

अहिले एशियाका २० देशमा चीनको सम्पत्ति वा अमेरिकाको सुरक्षा मध्ये के स्वीकार गर्नै भन्ने विषयमा धर्मसंकट सुरु भएको छ । ब्रूकिंग्स इन्स्टिट्यूशनमा एशियाका विशेषज्ञ तन्वी मदनले भनेका छन् कि यस्तो अवस्थामा यी देशहरु दुई मध्ये एकको मात्रै रोजाई मान्न तयार छैनन् । यस्तो अवस्थामा यी दुई मुलुकहरु यस्तो अवस्था रोज्न चाहन्छन कि जसमा दुबै देशबाट फाइदा लिन सकियोस् । 

चीनसँग पनि सन्तुलित सम्बन्ध राख्न चाहन्छ जापान 
जापान एशियाको यस्तो मुलुक हो जसले अझै पनि अमेरिका जस्तै शक्तिशाली राष्ट्र बन्न सकिन्छ भन्ने सोचाई राखिरहेको छ । विश्वको तेस्रो बढी अर्थव्यवस्था, ठूलो सैन्य शक्ति र कूटनीतिक सम्बन्धमा समेत पछिल्लो समय बलियो जापानले चीनसँग समेत सन्तुलित सम्बन्ध कायम राखेको छ । अहिलेसम्म अमेरिकाको प्रभुत्व बढी रहेको मानिएको र चीनसँग शत्रुगत व्यवहार गर्दै आएको जापानले समेत चीनसँग सम्बन्ध सुधार गर्नुलाई चिनियाँ वढ्दो प्रभावको रुपमा समेत मान्न थालिएको छ । 

यसबाहेक श्रीलंका, फिलिपिन्स र नेपालमा समेत बढ्दै गएको चिनियाँ प्रभुत्वले सारा एशियामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा देखाएको प्रभावले अमेरिकालाई भने टाउको दुखेको छैन । अमेरिकालाई मात्रै होईन यसले प्रजातन्त्रको पक्षमा रहेका जुनसुकै मुलुकले पनि यसलाई शंकास्पद मान्ने गरेका छन् । पछिल्लो चिनियाँ प्रभुत्व विस्तारमा अमेरिकामा ट्रम्प प्रशासनले दिएको नो भन्ने एउटा जवाफ कारक रहेको टाईम्सले जनाएको छ । यदी ट्रम्पले त्यो उत्तर नदिएको र उक्त डिलमा सहभागी भएको थियो भने त्यहाँ एशियाका आफ्नो पक्षमा रहेका जापान, फिलिपिन्स जस्ता मुलुकहरुलाई आफ्नो हातबाट नउम्काउन सकिने तर्क पनि टाईम्सको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ