arrow

नेपालमा अपांगता भएका विद्यार्थीहरुलाई छुट्टाछुटै सफ्टवेयर विकास हुँदै 

logo
प्रकाशित २०७४ चैत ४ आइतबार
disabilities.jpg

काठमाडौं । नेपालमा अपांगता भएका विद्यार्थीहरुलाई छुट्टाछुट्टै सफ्टवेयर विकास गरेर अध्यापन गराइने भएको छ । 

काठमाडौंको याक एण्ड यति होटलमा दुई दिनसम्म भएको सेमिनारपछि छुट्टाछुट्टै सफ्वेयर विकास गरेर अपांगता भएका विद्यार्थीहरुलाई उपलब्ध गराउने निर्णय भएको हो । 

नेपाल, भारत, म्यानमार र श्रीलंकाका ३५ फरक फरक समस्याले अपांगता भएका विज्ञहरुबीचको छलफलमा अपांगता भएकाहरुलाई १० वटा विधामा विभाजन गरिएको छ । 

इन्टरनेट सोसाइटी नेपाल च्याप्टरका महासचिव रोमाकान्त पाण्डेका अनुसार अपांगता भएकाहरुका आफ्नै समस्या भएकाले तिनीहरुबीच १० क्याटागोरीमा छुट्टाइएको छ । 

दृष्टिविहीनका छुट्टै र अन्य अपांगता भएकाका छुट्टै समस्या हुने भएकाले छुट्टाछुट्टै सफ्टवेयर बनाएर उपलब्ध गराउनु पर्नेमा पुगिएको हो । 

नेपालमा समस्याहरुको पहिचान भए पनि अन्य देशमा भने ती समस्यामा अभ्याससमेत भइरहेको पाइएको पाण्डेले हाम्राकुरालाई बताए । 


आइतबारदेखि पुल्चोक इन्जिनियरिङ कलेजमा समाधान खोजिँदै 
आइतबारदेखि पुल्चोक इन्जिनियरिङ कलेजमा अपांगता भएकाहरुका लागि इन्टरनेट सफ्टवेयर बनाउने सम्बन्धमा मन्थन हुने भएको छ । 

महासचिव पाण्डेका अनुसार विभिन्न १० इन्जिनियरिङ कलेज विद्यार्थीहरु सहभागी हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ