arrow

शिक्षक संघमा देउवा निकट समूह पराजीत, पौडेल समूहको बर्चस्व

पदाधिकारीमा कसले पायो कति मत ?

logo
प्रकाशित २०७४ चैत ४ आइतबार
deuba-poudel.png

काठमाडौं । नेपाल शिक्षक संघको संघीय कार्यसमिति चयन गर्न  भएको निर्वाचनमा उप महासचिव महिला बाहेक सबै पदाधिकारीमा राजेन्द्रराज पौडेल समूह निर्वाचित भएको छ । शनिवार सम्पन्न निर्वाचनको आइतवार मध्यन्न प्राप्त परिणाम अनुसार पदाधिकारीहरुमा उप महासचिव धनकला भण्डारी बाहेक सबै पौडेल समूहका निर्वाचित भएका छन् ।

राजेन्द्र पौडेल समूह नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूह हो भने धनकला भण्डारी कांग्रेस नेता चन्द्र भण्डारीकी नातेदार हुन् ।

प्रत्येक पदमा दुवै पक्ष बिचनै निर्वाचन भएको थियो । नेपाली कांग्रसका सभापति शेर बहादुर देउवा निकट भएर केशव निरौला समूह निर्वाचनमा उत्रिएको थियो । निरौला शिक्षक संघका बहालवाला अध्यक्ष समेत हुन् ।

दिउँसो साढे १२ बजे सम्ममा पदाधिकारीको परिणाम आएको र मध्यान्न २ देखि ३ बजे सम्ममा अन्य पदको परिणाम आउने मतगणना स्थलमा रहेका हाम्राकुराका सहयोगी तथा शिक्षक संघ सिन्धुलीका नेता सुमन कोइरालाले जानकारी दिएका छन् ।

संसदको निर्वाचनपछि नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको जोडदार चर्चा चलेपनि सभापति देउवा संसदीय दलको नेतामा पुन: निर्वाचित भएपछि नेतृत्व परिवर्तनको चर्चा कमजोर देखिएको वेला कांग्रेस निकट शिक्षक संघमा देउवा निकट नेतृत्व पराजित भइ पौडेल निकट नेतृत्व आउनुलाई  अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपाली कांग्रेसको भातृ शुभेच्छुक संस्थाहरुको अधिवेशनमा देखिएको यो बदलाबले नेपाली कांग्रेसको राजनितिलाई समेत निर्देशित गर्ने आकलन गरिएको छ ।

देशभरको स्थानीय तहसम्म विस्तारित भएको तथा तुलनात्मक रुपमा बुद्धिजीवी तहमा हेरिने शिक्षक संघको नेतृत्वमा पौडेल समूहको आगमनलाई नेपाली कांग्रेसको आगामि राजनीतिसँग जोडिएर हेरिएको छ। शिक्षक संघको महाधिवेशनमा रामचन्द्र पौडेल समूह र कृष्णप्रसाद सिटौला समूह एकै ठाँउमा आइपुग्दा यो नतिजा सम्भव भएको शिक्षकहरु बताँउछन् ।

नेपाली कांग्रेसको राजनीतिमा सिटौलाले देउवालाई सहयोग गर्दा कांग्रेस सभापतिमा निर्वाचित भएका थिए । शिक्षक संघको राजनीतिमा भने सिटौला समूहले देउवा समूहलाई नभइ पौडेल समूहलाई समर्थन गरेपछि पौडेलनै  निर्वाचित भएका हुन् । संंघको भन्दा एक हप्ता अघि पोखरामा सम्पन्न निमाण मजदुर संघमा पनि देउवा समुह पराजित भएको थियो ।

पार्टी महाधिवेशन लगत्तै नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ र महिला संघमा सिटौला पक्षले देउवा पक्षलाई समर्थन जनाउदा ति संस्थाहरुमा देउवा पक्ष नेतृत्वमा आएको थियो भने पौडेल पक्ष पराजीत भएको थियो ।  

पदाधिकारीको मत विवरण

अध्यक्ष :
राजेन्द्र राज पौडेल  - ३२४( बिजयी)
केशब निरौला-२५६

बरिस्ठ उपाध्यक्ष :
यम पि.भुसाल -३१५( बिजयी)
बिष्णुदेबि पान्डे -२५३

उपाध्यक्ष महिला :
पद्मिनी थापा - ३४३( बिजयी)
सुसिला सुवेदी - २३६

उपाध्यक्ष प्रदेश ३
प्रेम प्रसाद भट्टराई - २८४( बिजयी)
नरेन्द्र केसि - २५०
युबराज नेउपाने -३६

उपाध्यक्ष प्रदेस ४
बिष्णुहरि बास्तोला - २४५
भरत लम्साल- ३३१( बिजयी)
 
उपाध्यक्ष प्रदेश ५
अमर ब खड्का - ३५७( बिजयी)
निर्मल डागी- २१३

उपाध्यक्ष प्रदेश ६
जनक  ब शिह -२९७( बिजयी)
भक्ती प्र उपाध्याय -२७४

उपाध्यक्ष प्रदेश ७
पदम अधिकारी -२३२
लक्ष्मण दत्त भट्ट - ३४०( बिजयी)

महासचिव :
गोकर्ण बानियाँ - २७४
सोमनाथ गिरि - ३०२( बिजयी)

महासचिव अर्थ :
गिता  सिवाकोटी - २४८
पुष्पकला  भट्टराई - ३२०( बिजयी)

उप महासचिव :
सुन्दर पन्त- ३०२( बिजयी)
ज्ञानेन्द्र रावल - २६९

उप महासचिव  महिला :
धनकला भन्डारी -३४६( बिजयी)
बिन्दा थापा बस्नेत - २१५

उप महासचिव अर्थ :
प्रभाकुमारी सिजापती - २६४
वाङ जुङ लामा- ३०३( बिजयी)

उप महासचिव समाबेसी :
नुर मोहम्मद मिया- २९२( बिजयी)
पवन यादव - २६८

उप महासचिव कर्णाली :
कालीबहादुर शाहि- २४९
भगवती श्रेष्ठ - ३२० ( बिजयी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ