शिक्षक संघमा देउवा निकट समूह पराजीत, पौडेल समूहको बर्चस्व
पदाधिकारीमा कसले पायो कति मत ?
प्रकाशित २०७४ चैत ४ आइतबार
772
Shares
काठमाडौं । नेपाल शिक्षक संघको संघीय कार्यसमिति चयन गर्न भएको निर्वाचनमा उप महासचिव महिला बाहेक सबै पदाधिकारीमा राजेन्द्रराज पौडेल समूह निर्वाचित भएको छ । शनिवार सम्पन्न निर्वाचनको आइतवार मध्यन्न प्राप्त परिणाम अनुसार पदाधिकारीहरुमा उप महासचिव धनकला भण्डारी बाहेक सबै पौडेल समूहका निर्वाचित भएका छन् ।
राजेन्द्र पौडेल समूह नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूह हो भने धनकला भण्डारी कांग्रेस नेता चन्द्र भण्डारीकी नातेदार हुन् ।
प्रत्येक पदमा दुवै पक्ष बिचनै निर्वाचन भएको थियो । नेपाली कांग्रसका सभापति शेर बहादुर देउवा निकट भएर केशव निरौला समूह निर्वाचनमा उत्रिएको थियो । निरौला शिक्षक संघका बहालवाला अध्यक्ष समेत हुन् ।
दिउँसो साढे १२ बजे सम्ममा पदाधिकारीको परिणाम आएको र मध्यान्न २ देखि ३ बजे सम्ममा अन्य पदको परिणाम आउने मतगणना स्थलमा रहेका हाम्राकुराका सहयोगी तथा शिक्षक संघ सिन्धुलीका नेता सुमन कोइरालाले जानकारी दिएका छन् ।
संसदको निर्वाचनपछि नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको जोडदार चर्चा चलेपनि सभापति देउवा संसदीय दलको नेतामा पुन: निर्वाचित भएपछि नेतृत्व परिवर्तनको चर्चा कमजोर देखिएको वेला कांग्रेस निकट शिक्षक संघमा देउवा निकट नेतृत्व पराजित भइ पौडेल निकट नेतृत्व आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेपाली कांग्रेसको भातृ शुभेच्छुक संस्थाहरुको अधिवेशनमा देखिएको यो बदलाबले नेपाली कांग्रेसको राजनितिलाई समेत निर्देशित गर्ने आकलन गरिएको छ ।
देशभरको स्थानीय तहसम्म विस्तारित भएको तथा तुलनात्मक रुपमा बुद्धिजीवी तहमा हेरिने शिक्षक संघको नेतृत्वमा पौडेल समूहको आगमनलाई नेपाली कांग्रेसको आगामि राजनीतिसँग जोडिएर हेरिएको छ। शिक्षक संघको महाधिवेशनमा रामचन्द्र पौडेल समूह र कृष्णप्रसाद सिटौला समूह एकै ठाँउमा आइपुग्दा यो नतिजा सम्भव भएको शिक्षकहरु बताँउछन् ।
नेपाली कांग्रेसको राजनीतिमा सिटौलाले देउवालाई सहयोग गर्दा कांग्रेस सभापतिमा निर्वाचित भएका थिए । शिक्षक संघको राजनीतिमा भने सिटौला समूहले देउवा समूहलाई नभइ पौडेल समूहलाई समर्थन गरेपछि पौडेलनै निर्वाचित भएका हुन् । संंघको भन्दा एक हप्ता अघि पोखरामा सम्पन्न निमाण मजदुर संघमा पनि देउवा समुह पराजित भएको थियो ।
पार्टी महाधिवेशन लगत्तै नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ र महिला संघमा सिटौला पक्षले देउवा पक्षलाई समर्थन जनाउदा ति संस्थाहरुमा देउवा पक्ष नेतृत्वमा आएको थियो भने पौडेल पक्ष पराजीत भएको थियो ।
पदाधिकारीको मत विवरण
अध्यक्ष :
राजेन्द्र राज पौडेल - ३२४( बिजयी)
केशब निरौला-२५६