arrow

विश्व हिन्दु महासंघको जिल्ला अध्यक्षमा : पाण्डे

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ चैत ५ सोमबार
harihar-pande.jpg

स्याङ्जा। स्याङ्जामा विश्व हिन्दु महासंघको प्रथम जिल्ला सभा(अधिवेसन) ले हरीहर पाण्डेको अध्यक्षतामा २६ सदस्य निर्वाचित गरेको छ। शनिवार उत्तर बाहिनी गंगामा हुन लागेको महायज्ञ स्थलमा भएको अधिवेसनले विश्व हिन्दु महासंघको जिल्ला अध्यक्षमा पाण्डेलाई निरविरोध चयन गरेको हो। महासंघको उापध्यक्षमा ज्ञानेन्द्र बस्ताकोटी, देवी अर्याल, सचिवमा पदमप्रसाद पाण्डे, कोषाध्यक्षमा सरिता लम्साल पौडेल, सह—सचिवमा विष्णुप्रसाद पंगेनी भक्तलाई चयन गरिएको आयोजकले जनाएको छ । ११ ओटा स्थानीय तहलाई समेटेर निर्माण गरिएको समितिमा सवै जातजातीलाई समेटिएको छ। 

सदस्यहरुमा सिताराम अधिकारी, ध्रुवशर्मा पंगेनी, लक्ष्मण भट्टराई, नेत्रप्रसाद अर्याल, बमबहादुर हमाल, तमाङ सिंह, कमलप्रसाद न्यौपाने, दुर्गा न्यौपाने, अनुपमा तिवारी, भिमबहादुर नेपाली, यदुनन्दन अर्याल, रामचन्द्र वि.क., श्रीकृष्ण सिग्देल, जैसरा रेग्मी, प्रेमराज पौडेल, टंकप्रसाद अर्याल, सामबहादुर गुरुङ्, प्रकाश डुम्रे, पं. कृष्णप्रसाद पौडेल र टिकाराम डुम्रे रहेका छन्। महासंघको प्रथम अधिवेसनले तिन जना सल्लाहाकारमा समेत मनोनित गरेको छ। जसमा ब्राहमण समाजका केन्द्रिय अध्यक्ष पुण्यप्रसाद तिमिल्सीना, पशुपति पाण्डे र नेत्रप्रसाद पराजुली रहेका छन्। 

हिन्दुत्वको रक्षा गर्नका खातिर यो संस्था दर्ता गरेको महासंघका केन्द्रिय अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले बताए। अधिकारीले देशका पुरै स्थानीय तह सम्म यो संस्था गठन गर्ने तयारीका साथ अगाडी बढेको बताए। जिल्ला अधिवेसनमा जिल्लाभरका सबै जातजातीको सहभागिता रहेको आयोजकले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ