arrow

टर्कीको सेनाद्वारा सिरियाली अफ्रिन सहर नियन्त्रणमा

logo
प्रकाशित २०७४ चैत ५ सोमबार
sirya.jpg

दमासकस । सिरियाको उत्तरी क्षेत्रमा अवस्थित अफ्रिन सहरलाई टर्कीको सेनाको सहयोगमा यहाँका अर्धसैन्य लडाकूहरुले नियन्त्रणमा लिएका छन् ।  उक्त सहरको मध्यभागमा टर्कीको सेना प्रवेश गरेको समाचार शनिबार नै आएको थियो । आइतबार सेनाले सो भागलाई पूर्ण नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

टर्कीले अफ्रिनमा हिंसा मच्चाइरहेको कुर्द लडाकू समूह वाईपीजीलाई गएको दुई महिनादेखि निशानामा पारिर खोजिरहेको थियो । उक्त समूहलाई टर्कीले आतंकवादी संज्ञा दिएको छ । टर्कीको सेनाको सहयोगमा रहेको टर्की समर्थित लडाकूहरु आइतबार सहरको मुख्यभागमा पुगेका थिए । त्यसपछि उनीहरुले आफ्नो नियन्त्रणमा लिएको सहरको मध्यभागमा टर्कीको झण्डा फहराएका बताइएको छ ।

टर्की र सिरियाको सीमावर्ती सहर हो अफ्रिन । यो सहर र वरपरका क्षेत्रबाट वाइपीजी भनिने कुर्द समूहका लडाकूहरुलाई हटाउने लक्ष्य टर्कीले थालेको थियो । उक्त क्षेत्रमा रहेका ती लडाकूलाई हटाउने क्रममा गएको दुई महिनाको अवधिमा करिब २८० जना नागरिकको ज्यान गएको थियो । मारिनेमा कुर्द लडाकूहरु पनि थिए र सर्वसाधारण पनि परेका थिए ।

सिरियाको पूर्वी गुटा क्षेत्रमा टर्की र सिरियाली सेनाले संयुक्त रुपमा कारबाही थाल्नुभन्दा केही समयअघि नै यहाँ टर्कीको सेनाको सहयोगमा टर्की समर्थित लडाकू समूहले यस्तो कारबाही थालेको बताइएको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ