arrow

मधेस पुगेर बाबुरामले भने - ‘संविधान संशोधन नभए द्वन्द्व बढ्छ’

logo
प्रकाशित २०७४ चैत ६ मंगलबार
Baburam-bhattrai-stage.jpg.jpeg

लहान । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नभए मुलुकमा अर्को द्वन्द्वको बीउ रोपिने खतरा रहेको बताएका छन् ।  

प्रदेश नं १ र २ का कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि लहानमा रहेका पूर्वप्रधानमन्त्री डा भट्टराईले मंगलवार बिहान आयोजित पत्रकार सम्मेलनमा संविधानप्रति मधेशी जनताको तीव्र असन्तुष्टि रहेकाले यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।


मधेसी दलका नेतामा अवसरवादी प्रवृत्ति देखिएको आरोप लगाउँदै उनले संविधान संशोधन गराउने विषय बोकेर जनताबाट पाएको मतको कदर गर्न उनले सुझाव दिए ।

यसअघि आज बिहान डा भट्टराईले लहानस्थित शहीद उद्यान पुगेर मधेस आन्दोलनको पहिलो शहीद रमेश महतोलगायतका शहीदको शालिकमा माल्यार्पण गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ