arrow

लागु औषध सहित एक जना पक्राउ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ चैत ६ मंगलबार
photo_1.jpg

स्याङ्जा ।  जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागु औषध सहित एक जना पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका वडा नं. ५ घर भई हाल पोखरा लेखनाथ महानगरपालिका १५ रामबजार बस्ने बर्ष २१ बा जोनि गुरुङ लागु औषध सहित पक्राउ परेका हुन् । बिषेश सुचनाको आधारमा चेकजाँच गर्दा बुटवल बाट पोखरा आउदै गरेको ना ४ ख ३८२८ नम्वरका बसबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालयलय स्याङ्जाले जनाएको छ ।

पक्राउ पर्ने गुरुङ्को साथबाट डाईजोपम १ सय २८, फिनारगन १ सय २८, नुरफिन १ सय २८  थान गरी जम्मा ३ सय ८४ थान सिसि र नाईक्रोसन नामक ट्याबलेट १० प्याकेट, ५ पत्ता लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

नीजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारतीय सिमाना सगँ जोडिएको सिद्धार्थ राजमार्ग लागु औषधको ओसार पसारको ट्रान्जिट प्वाईन्टका रुपमा प्रयोग हुने गरेको प्रहरीले जनाएको छ । यो राजमार्ग प्रयोग गरि प्रयोगकर्ताले पाल्पा, स्याङ्जा र कास्की सम्म लागुऔषध ओसार पसार हुदै आएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ