arrow

चीनले यसवर्ष १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने

logo
प्रकाशित २०७४ चैत ६ मंगलबार
China-Population-Structure-Change-Demands-Economic-Reform.jpg.jpeg

बेइजिङ । चीन सरकारले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ ।  मङ्गलबार बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले सो जानकारी दिएका हुन् ।  उनले चीनले सन् २०१८ मा १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्नेछ र यी रोजगारीहरु चीनको सहरी क्षेत्रमा सिर्जना गरिनेछ भने।  

प्रधानमन्त्री खछ्याङ्ले हामीले सुरुमा १ करोड १० लाख नयाँ रोजगारी सिर्जनागर्ने लक्ष्य बनाएका थियौँ, तर अब यसमा सरकारले गम्भीर रुपमा काम गर्नेछ र जसका कारण १ करोड ३० लाख नै नयाँ रोजगारी सिर्जना हुनेछ ।

उनले गएको पाँच वर्षमा चीन सरकारले देशमा ६ करोड ६० लाख नयाँ रोजगारीहरु सिर्जना भएको पनि जानकारी गराए ।  रोजगारी कुनै व्यक्ति वा परिवारका लागि मात्र महत्वपूर्ण नभई सरकार र देशका लागि पनि हो भन्दै प्रधानमन्त्री खछ्याङले देशमा नयाँ नयाँ रोजगारी सिर्जना गर्नका लागि सरकारले निकै मेहनेतका साथ काम गरिरहेको जानकारी दिए ।

यसवर्ष गाउँबाट सहरमा आउने करिब ३० लाख मानिसले रोजगारी खोज्ने पनि जानकारी उनले दिए । त्यसैले पनि सरकार ती क्षेत्रमा रोजगारीका लागि काम गरिरहेको छ– उनले भने।

चीनको सहरी क्षेत्रमा ग्रामीण क्षेत्रबाट रोजगारीका लागि आउने आप्रवासी कामदारहरुको संख्या २८ करोड रहेको छ ।  उनीहरुले चिनियाँ सहरी क्षेत्रमा आवश्यक कामदारहरुको खाँचो टार्नेमात्र नभएर देशको अर्थतन्त्रमा पनि ठूलो योगदान पुर्‍याएको अनुमान सरकारको छ ।

ती सबै आप्रवासी कामदारहरुको माग सम्बोधन गर्न सरकार गम्भीर रहेको र त्यसका लागि काम गरिरहेको जानकारी उनले दिए ।

प्रधानमन्त्री खछ्याङ्ले यसवर्ष कलेजका करिब ८२ लाख विद्यार्थी पनि रोजगारीका लागि सहर प्रवेश गर्ने अनुमान गरिएको जानकारी दिए ।  सरकारले सिर्जना गरेको यस नयाँ रोजगारीले उनीहरुका लागि काम गर्ने प्रधानमन्त्रीले बताए  । सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ