arrow

निकालाको जवाफ निकाला, वेलायत र रुसले निकाले २३ कुटनीतिज्ञ

logo
प्रकाशित २०७४ चैत ६ मंगलबार
russian-diplomatic.jpg

लण्डन । रुसी कुटनीतिज्ञहरुले बेलायत छोड्ने तयारी गरिरहेका छन् । उनीहरुलाई यही मार्च १५ मा एक हप्ताभित्र बेलायत छोड्न समय दिइएको थियो ।

बेलायतमा रहेका २३ जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय बेलायतले गरेपछि उनीहरुले भीली बुधवार सम्ममा देश छोड्ने तयारी गरिरहेका बताइएको छ ।

विष सेवन गराएर एकजना पूर्व रूसी गुप्तचर र उनकी छोरीको हत्या प्रयास गरेको आरोपमा बेलायतले २३ जनालाई देश निकालाको निर्णय गरेको हो ।  यसअघि अमेरिका लगायतका देशहरूले पनि बहुचर्चित विष आक्रमणको घटनामा रुस नै दोषी रहेको बताएका थिए ।

अघिल्लो बुधबार बेलायती प्रधानमन्त्री थेरेसा मेले २३ जना रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेकी थिइन् ।  

पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उनकी ३३ वर्षकी छोरी युलीआविरुद्ध हत्या प्रयासमा यी रुसीहरुको हात रहेको बताइएको छ । यस अघि रसियाले २३ जना वेलायती कूटनीतिज्ञलाई निष्कासन गरेको थियो । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ