arrow

गिरिजाबाबु – गणतन्त्रका एक्ला नायक 

logo
बाबु नेपाली,
प्रकाशित २०७४ चैत ७ बुधबार
Girija-koirala.jpg.jpeg

काठमाडौं । गणतन्त्रका नायक गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली इतिहासमा सबैभन्दा बढी पटक प्रधानमन्त्री भएर कीर्तिमान रचेका गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु) ले ०६२–६३ को आन्दोलनको नेतृत्व गरेका थिए । 

त्यही आन्दोलनले नै अहिले मुलुक गणतन्त्रमय भएको छ । गिरिजाबाबुले अडान नलिएका भए अहिले पनि राजसंस्था हावी भएको हुने थियो । 

गिरिजाबाबुले ‘बेबिकिङ’ को अवधारणा ल्याउन खोजे पनि राजसंस्थाबाट कुनै पनि संकेत र सन्देश नआएपछि झोंक्की कोइरालाले गणतन्त्रको लालमोहरका लागि नेताहरुलाई तयार गरेका थिए । 

आफ्नो राजनीतिक जीवनलाई नै दाउमा राखेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको बताउने गिरिजाबाबुको अडानले नै संसद पुनस्र्थापना हुँदै मुलुकबाट राजतन्त्रको अन्त्य गरायो ।

१२ बुँदे शान्ति प्रक्रियामा हस्ताक्षर गरेर सशस्त्र द्धन्द्धमा होमिएको माओवादीलाई राजनीतिको मूलधारमा ल्याएका गिरिजाबाबुले सोचेअनुसार समयमै जनताको संविधान जारी गर्न भने भ्याएनन् । 

उनले माओवादीलाई मुलधारमा ल्याए पनि ०६४ मा भएको चुनावमा आफै सभापति भएको नेपाली काँग्रेसलाई जिताउन भने सकेनन् । 

सरकारबाट काँग्रेस टाढिन पुग्दा संविधान समयमा लेखिएन । शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार गिरिजाबाबुको २०६६ साल चैत ७ गते निधन भयो । 

०७२ सालमा मात्र नयाँ संविधान लेखियो । गिरिजाबाबुको निधनपछि अब देशको जिम्मा ममाथि आयो भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्दै आएका छन् । 

गिरिजाबाबु कार्यकर्ता एकजुट गर्न सक्षम नेता । सम्भवतः दाजु बीपी कोइरालापछि उनले नै काँग्रेसलाई सफलतापूर्वक डोहोर्याए । तर शत्रूविहीन कोही हुन नसक्ने प्रमाण बोकेर
 उनी पनि हिँडिरे । त्यसैले त नेपाली राजनीतिमा सबैभन्दा बढी ताली, गाली खाँदै अन्त्यमा महानायकको उपाधि पाए गिरिजाबाबुले । 

उनलाई एसियाकै स्टारका रुपमा लिइयो । यो सम्मान २१ औं शताब्दीमा कुनै पनि नेपाली नेताले पाएका छैनन् । 

गणतन्त्रका धरोहर गिरिजाबाबु ०६२–६३ पछि काँग्रेसका मात्र नेता रहेनन् । उनको उचाइले सबै दलका एक्ला नेताको रुप लियो । 

उत्तराद्र्धमा उनी महान् नेता बने । कुनै पनि प्रतिपक्षी दलको नेता उनको अगाडि गएर उभिने हैसियत राखेनन् । 

बहुदल आएपछि ‘माले र मसाले एकै हुन्’ भन्दै विवादमा आएका गिरिजाबाबुले आखिर तिनै कम्युनिष्टहरुसंग मिलेरै राजतन्त्रको जरो फाले । 

राजावादीहरु गिरिजाबाबुलाई दुस्मनकै रुपमा हेर्छन् भने कम्युनिष्टहरु एकाएक आदर्श नेताको रुपमा मान्दै आएका छन् । 

गणतन्त्रको खम्बा जहाँजहाँ गाडिन्छ गिरिजाबाबु त्यहाँ त्यहाँ उपस्थित हुनेछन् । गणतन्त्रका लागि थुप्रै नेताहरु लडे, थुप्रै शहीद भए, तर गिरिजाबाबु त्यस्ता नेतृत्वकर्ता भए जसको योगदानले नै गणतन्त्र आयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ