arrow

भारतीय भक्त बस्ने जेठो धर्मशालामा ताला, भूकम्पपछि बाँदरको बास

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ चैत ७ बुधबार
dharmashala.jpg

काठमाडौं । गोरखा भूकम्पले काठाडमौंका थुप्रै ऐतिहासिक धेरोहरहरु क्षतिग्रस्त भए ।भूकम्पले पशुपतिनाथ क्षेत्रमा रहेका थुप्रै मठ, मन्दिर र धर्मशालाहरुमा क्षति पुग्यो । कतिपय धर्मशाला अहिले पनि चल्तीमै छन् । तर, केही काम नलाग्ने भएका छन् । 

पुनःनिर्माणको जिम्मा कसलाई दिने भन्ने समेत यकिन भएको छैन । छिमेकी भारतले पशुपतिनाथ क्षेत्रका संरचना पुनःनिर्माण गर्ने भन्न चर्चा पनि एक ताका खुबै चल्यो । पछि त्यो चर्चा अब भारतलाई नदिने भन्नेतिर पनि गयो । अहिले के भइरहेको छ, कुरै आउन छाडेको छ । धेरैले चाँसो राख्न समेत छाडेका छन् । 

पुनःनिर्माण प्राधिकरण र पुरातत्व विभाग रानीपोखरी र सिंहदरबार पुनःनिर्माणकै विवाद निरुपण गर्न सकिरहेका छैनन् । पाशुपत क्षेत्रमै रहेको सबै भन्दा जेठो धर्मशाला पनि पुनःनिर्माण पर्खिरहेको छ । अहिले बाँदरलाई आश्रयस्थल बनिरहेको धर्मशाला अब काम लाग्दैन भन्छन्, पुशुपति विकास कोषको व्यवस्थापनसँग जोडिएका आदर्श पौडेल । 

वनकाली धर्मशालामा अहिले कोही बस्दैनन् । बाँदरलाई ओत लाग्ने ठाउँ भएको छ । निकै पुरानो भइसक्यो, उनले भने, ‘कहिले स्थापना भएको हो भन्ने मलाई थाहा भएन ।’ बोर्ड टाँगिएको छ । तर, त्यो बोर्डमा कहिले स्थापना भएको भनि लेखिएको छैन । 

कुरा ठोकियो भारतैतिर । यो धर्मशाला भारतबाट आउने भक्तहरुका लागि बनाइएको थियो, उनले भने, ‘नेपालकै पनि टाढाबाट आएका भक्तहरु पनि बस्थे । यो सबै भन्दा जेठो धर्मशाला भन्थ्यौँ ।’

यो धर्मशालामा बस्नेबाट भारतीय एक सय रुपैँया लिइन्थ्यो । उनले अगाडि भने, ‘२०७२ वैशाख १२ को गोरखा भूकम्प अघि यो धर्मशाला चलिरहेकै थियो । अहिले बन्द छ । ताला लागेको छ ।’ अहिले भक्तहरुलाई बस्न समस्या भएको छ । पाशुपत क्षेत्र बाहिर जानुपर्ने बाध्यता छ ।

अब यो बन्दैन, उनले भने, ‘तिलगंगा आँखा अस्पताल अगाडि ठूलो धर्मशाला बनाइँदैछ ।’ भूकम्पले चिरा परेपछि प्रयोगमा ल्याउन सकिएन । उनले भनेका छन्, ‘मान्छे बस्नलाहेक भएन । कोषले पनि हेरेको छैन । बेवास्ता गरेजस्तै भो ।’ त्यहाँभित्र भएका सामान समेत झिकिएको छैन । बेड, विस्तराहरु त्यही छन् । यसरी धार्मिक महत्व बोकेका स्थलहरुमा भएका धर्मशालाहरु मासिदै जान थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ