arrow

दोषीलाई कारबाही नभए आन्दोलन गर्ने चेतावनी

logo
प्रकाशित २०७४ चैत ७ बुधबार
bajuras.JPG

बाजुरा । बाजुरामा रहेका विभिन्न संस्थामा आवद्ध दलित अधिकारकर्मीहरुले गाउँमा रहेका दलित माथिको आक्रमण रोक्नका लागि जिल्ला प्रशासन कार्याल बाजुरामा मंगलबार ध्यानाकर्षण पत्र बुझाएका छन् । दलितका अधिकारका लागि लड्ने जिल्लाका दश संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको संयुक्त हस्ताक्षरमा  प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीलाई बुझाएका छन् ।

जिल्लाको गौमुल गाउँपालिका–४ का स्थानीय ४२ परिवार माथि  गैर दलितहरुका केही व्यक्तिहरुले पटक पटक आक्रमण गरी मराणसन्न हुने गरी कुटपिट गर्ने र विभिन्न यातना दिने लगायतका घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको दलित अधिकारकर्मी कासी वि.क.ले बताए ।

दलित भएकै कारण निर्दोष व्यक्तिलाई कुटपिट गरी सक्त घाइते बनाउने जातका आधारमा गाली गलौज गर्ने लगायतका अमानविय क्रियाकलाप तथा व्यवहार प्रति बाजुराबासी  दलित समुदाय घोर  भत्सना गर्दछौ पत्रमा उल्लेख गरिएको छ । पत्रमा मानव अधिकारमा बाँच्न पाउने जन्मसिद्ध अधिकारबाट बन्चित गराउने दोषीमाथि कडा कारबाहीको माग गरिएको छ ।

ध्यानाकर्षण पत्रमा विगतका वर्षहरुमा पनि जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता गरेपनि पिडितले न्याय नपाएको र सकेसम्म मुद्धाहरु मिलोमतो पिडकलाई कम भन्दा कम सजाय गराउने खालका जालझेल प्रति आपत्ती जनाउदै पत्र बुझाएको दलित अधिकारकर्मी विनोद कुमार वि.क.ले जानकारी दिनु भएको छ । उनले दलित समुदायका मानिसहरुले घर आगनमा समेत जान नदिने प्रवृति गैर दलितको देखिएकाले यसलाई तत्काल रोक्न प्रमुख जिल्ला अधिकारी क्षेत्रीलाई आग्रह गरेका छन् ।

ध्यानाकर्षण पत्रमा गौमुल गाउँपालिका ४ मा बसोबास गर्दै आएका ४२ परिवार माथि विभिन्न अपशव्द गालीगलौज गर्दै गत पुष महिनामा बेलुकी पख भुवापर्वको जात्रामा हेर्न गएका ७ जना माथि खुकुरी प्रहार गरी शक्त घाईत बनाएको घटना सकिन नपाउदै चैत २ गते सोही गाउँका विसे कामीलाई मराणशन्न हुने गरी कुटपिट गरी खोलामा फालेको अवस्थामा भेटिएको र उनको अवस्था गम्भीर भएकोले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न  आग्रह गरिएको छ ।

घटना घटाउन प्रत्यक्ष रुपमा सहयोग गर्ने गौमुल गाउँपालिका ५ का धन बहादुर रोकाया,ज्ञान बहादुर रोकाया,र जनक बहादुर रोकायालाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न ध्यानाकर्षण पत्रका भनिएको छ । खुकुरी प्रहार गरी ७ जना घाईते बनाउने धन बहादुर रोकाया र ज्ञान बहादुर रोकाया प्रहरीले पक्राउ गर्नुको साटो जिल्लाबाट भगाउन सहयोग गरेको आरोप पत्रमा लेखिएको छ । ध्यानाकर्षण पत्रमा घटनाका दोषीलाई कारबाही नभए चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत दिइएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले अमानवीय काम गर्न जो कोही दोषीलाई पक्राउ गरी कारबाही गर्ने बताए । प्रजिअ क्षेत्रीले दलित माथिको भएको घटना गम्भीर खालको भएकाले घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन गरी पिडितलाई न्याय दिने प्रतिवद्धता जनाए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ