arrow

अख्तियार सचिवले अधिकृतहरुलाई भने–ठूला माछा विशेष अदालतको झ्यालबाट भाग्दै छन्

logo
हाम्रा कुरा
प्रकाशित २०७४ चैत ७ बुधबार
CIAA.JPG

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजन खनालले अनुसन्धान अधिकृतहरुलाई अनुसन्धान प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

अख्तियारले दर्ता गरेका बिगो धेरै असुल गर्नु पर्ने मुद्दामा विशेष अदालतबाट धमाधम सफाइ पाइरहेको भन्दै उनले अनुसन्धान अधिकृतहरुलाई कडाईका साथ काम गर्न भनेका हुन् ।

आयोगमा सरुवा भएर आएका अनुसन्धान अधिकृत तथा अन्य तहका कर्मचारीहरुलाई आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा निर्देशन दिँदै सचिव खनालले अन्य निकायको भन्दा आयोगको कार्य गम्भीर र जटिल भएकाले यसको मर्म र भावना बुझेर काम गर्न निर्देशन दिए ।

उनले पशुपति क्षेत्र विकास कोष, स्वास्थ्य विभाग र भूकम्पपीडितका लागि त्रिपाल खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेषले अनुसन्धान प्रभावकारी नभएको भन्दै सफाइ दिएको प्रसंग जोडेर ठूला माछा विशेष अदालतको झ्यालबाट भागिरहेकोतर्फ संकेत गरेका छन् ।

उनले भनेका छन्, ‘आफूले गरेको कामको पुनः अनुसन्धान गर्ने अवस्था नआओस् । ऐन नियम र कानुनी दस्तावेजहरुको समेत राम्रोसँग अध्ययन गरेर कार्यसम्पादन गर्नुहोला ।’ उनले अनुसन्धानको पनि अनुसन्धान हुने हुनाले आफूले गरेको कामको पुनः अनुसन्धान गर्ने अवस्था नआओस भन्ने तर्फ सचेत हुन भनेका हुन् ।

तीन दिने अनुसन्धान अभिमुखिकरण कार्यक्रममा आयोगको गठन, सांगठनिक स्वरुप, काम, कर्तव्य र अधिकार तथा आयोगको पदाधिकारी र कर्मचारीको आचारसंहिता विषयमा जानकारी गराइने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ