arrow

बालिकालाई सात दिनसम्म बलात्कार गर्ने पाँच पक्राउ

logo
प्रकाशित २०७४ चैत ७ बुधबार
balatbar.JPG

काठमाडौं । एक बालिकालाई सात दिनसम्म बलात्कार गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । गएको फागुन १७ गते गोरखा घर भएकी १५ वर्षीया बालिका बल्खुबाट हराएकी थिइन् ।

ती बालिकालाई १७ गतेदेखि २४ गतेसम्म बलात्कार गरेको आरोपमा प्रहरीले बसका चालक र सहचालक गरी ५ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बालिकालाई ६ दिनसम्म ग्यारेज र कोठामा बन्धक बनाएर बलात्कार गर्ने भोला तामाङ, चन्द्रबहादुर सापकोटा, सन्तोष घिमिरे, दिवस गड्तौला र सुदिप बजगार्ईँ पक्राउ परेका हुन् ।

फागुन १७ गते हराएकी बालिका २८ गते स्वयम्भूमा तर्सने बरबराउने अवस्थामा फेला परेकी थिइन् । ५ जनाले सातदिनसम्म उनलाई लगातार बलात्कार गरेकाले बालिकाको अवस्था निकै नाजुक रहेको महानगरीय प्रहरीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ