arrow

ट्रम्पले पुटिनलाई चाडै भेट्ने

logo
प्रकाशित २०७४ चैत ७ बुधबार
news-trump-badhai-putin.jpeg

वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमा पुनः निर्वाचित राष्ट्रपति भ्लादिमिर पुटिनलाई चाडै भेट्ने बताएका छन् । गत आइतबार निर्वाचित पुटिनलाई भेट्न ढिला नहुने ट्रम्पले मंगलबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा पत्रकारहरुसँग बताए ।

अमेरिका भ्रमणमा रहेका साउदी अरबका युवराज मोहम्मद विन सलमान अल साउदसँगको भेटअघि उनले भने, “मैले नवनिर्वाचित राष्ट्रपति पुटिनलाई फोन गरेर बधाई दिएको छु ।”

आफुहरुले वासिङटन र मस्कोकोबीचमा भइरहेको हातहतियारको होडबाजीका साथै युक्रेन, सिरिया र कोरिया प्रायद्वीपको बारेमा छलफल गर्ने उनले जानकारी दिए ।

अमेरिकी राष्ट्रपतिको कार्यालयका अधिकारीका अनुसार टेलिफोन बार्ताका क्रममा ट्रम्प र पुटिनले द्विपक्षीय सम्वन्ध र सहकार्यका बारेमा छलफल गरेका छन् ।  मंगलबार सवेरै भएको फोनवार्तामा उनिहरुले बहुराष्ट्रिय सुरक्षा प्राथमिकता र चुनौतीका बारेमा पनि चर्चा गरेका छन् ।  

ट्रम्पले कोरिया प्रायद्वीपको बारेमा पुटिनसँग बढी जोड दिएर कुराकानी गर्नुभएको अधिकारीले जनाएका छन् ।

रुसको राष्ट्रपति पदमा चौथो पटक पुटिन गत आइतबार निर्वाचित भएका हुन् । ७६ प्रतिशतभन्दा बढी मत ल्याएर उनि आगामी छ वर्षका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।  सिन्ह्व



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ