arrow

छर्रा निकाल्न वन्दुक पड्काउने श्रेष्ठलाई हतियार खरखजना मुद्दा

logo
वद्र्री नयाँघरे,
प्रकाशित २०७४ चैत ७ बुधबार
bharuwa-banduk.jpg

रामेछाप । आफ्नै घरको चुल्होमा बन्दुक पड्केको आरोपमा पक्राउ परेका लिखु तामाकोशी गाउँपालीका वडा नं ६ का जित वहादुर श्रेष्ठलाई प्रहरीले हात हतियार खरखजना मुदा चलउने भएको छ । प्रमुख जिल्ला अधिकारी दीलीप लामिछानेको ईजलासले आरोपी श्रेष्ठलाइ उक्त प्रयोजनका लागि  एक हप्ताका लागि म्याद थप गरिएको हो । गत शनिवार भरुवा वन्दुक तताएर छर्रा निकाल्ने क्रममा आफै संग रहेको भरुवा वन्दुक  पड्कीदा सोहि अगेनामा खाना पकाउँदै गरेकी श्यामकुमारी श्रेष्ठ घाइते भएकी थिईन् । 

 घरमै राखिएको अवैध भरुवा वन्दुकको  छर्रा ओसिएको र सो छर्रा निकाल्ने क्रममा निकाल्ने क्रममा वन्दुक पड्किएको थियो । वन्दुक पड्कीदा घाईते भएकी श्याम कुमारीको अवस्था सामान्य रहेको र हाल  उपचार पछि उनि घरमानै आराम गरेर वसेकी छिन् । घटनापछि गाउँलेहरुले प्रहरीलाई खवर गरेका र सोहि सुचनाका आधारमा प्रहरीले भरुवा वन्दुक सहित घटनामा संलग्न जित वहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको थियो  ।

अवैद्य रुपमा लुकाई छिपाई घरेलु हतियार राखेको आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापले उनलाई   अवैद्य हातहतियार तथा खरखजना मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला  प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ