arrow

रक्षामन्त्री पोखरेल लागे फास्ट ट्रयाक निरीक्षण गर्न 

logo
प्रकाशित २०७४ चैत ८ बिहिबार
ishwor-pokhrel.jpg

काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेल काठमाडौं–निजगढ फास्ट ट्र्याक निरीक्षण गर्न गएका छन् । नेपाली सेनाको हेलिकोप्टरमा उनी बिहिबार बिहान रक्षा मन्त्रालयका सचिव र नेपाली सेनाका केही अधिकारीसहित फास्ट ट्रयाक अवलोकन गर्न निस्केका हुन् । 

फास्ट ट्रयाक बनाउने विषयमा लामो समय विवाद भएपछि गत वैशाख २१ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

७६ किलोमिटर लामो काठमाडौं–निजगढ फास्ट ट्र्याक बन्ने हो भने काठमाडौंबाट तराईमा मात्र एक घण्टामै पुग्न सकिने छ । 

मन्त्री पोखरेलले फास्ट ट्रयाक निर्माणको प्रगति विवरणसंगै त्यसको पछिल्लो अवस्थाबारे जानकारी लिनेछन् । 

उनी निजगढसम्मै पुगेर निरीक्षण गर्नेछन् । त्यसैगरी हेलिकप्टरबाट पनि सम्भाव्यता अध्ययन गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ