arrow

फोरमसंग सरकारको दूरी टाढियो, सरकारमा जाने कुरा हल्लामात्रै 

logo
प्रकाशित २०७४ चैत ८ बिहिबार
oli-yadav.jpg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार र संघीय समाजवादी फोरमबीचको दूरी टाढिएको छ । ओलीले तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दा गत चैत २ गते नै फोरमलाई सरकारमा लैजाने भनिए पनि त्यो सफल नभएपछि दूरी एकाएक टाढिएको हो । 

पछिल्लोसमय वार्ता समेत हुन सकेको छैन । फोरम सरकारमा जानेमा समेत अन्योल भएको छ । 

तर फोरमका एक नेता भने फोरमको सरकारमा जाने कुरा हल्लामात्र भएको बताउँछन् । 

फोरमका नेता तथा बामगठबन्धनसंग छलफल गर्न बनाइएको कार्यदलका सदस्य रामशहाय यादवले पछिल्लो समय वार्ता नभएको बताउँदै संविधान संशोधन लगायतका विषयमा सहमति नभएसम्म सरकारमा जाने हल्लामात्र भएको बताए । 

उनले हाम्राकुरासंग भने, ‘हामीले पहिले वार्तालाई निष्कर्षमा पुर्याउने हो । हाम्रा माग कायमै छन् । संविधान संशोधन लगायतका विषयमा सहमति नभएसम्म अगाडि बढ्ने कुरा आउँदैन । त्यो विषयमा अहिले छलफल भएको छैन ।’

कहाँ रोकियो त प्रसंग भन्ने प्रश्नमा यादवले भने, ‘वार्ता बोलाउने उहाँहरुले हो, बोलाउनु भएको छैन, हाम्रा माग यथावत छन्, वार्तामा बोलाउना साथ हामी सहभागी हुन्छौं ।’

अहिल्यै सरकारमा जाने हल्लामात्र 
नेता यादवले आफूहरुका मागबारे लिखित प्रतिवद्धता नआएसम्म सरकारमा सामेल नहुने स्पष्ट पारे । उनले भने, ‘हामी सरकारमा जाने भन्ने कुरा हल्लाको रुपमा आएको हो, पार्टीले कुनै निर्णय गरेकै
 छैन, मिडियामा हल्ला चलाइयो ।’

उनले अगाडि भने, ‘हाम्रा मागहरु पूरा भएपछि मात्र सरकारमा जाने कुरा आउँछ, अहिले त बहुमत पुगेको ओली सरकारलाई हामीलाई समावेश गर्नुपर्ने वाध्यता पनि छैन र हामी पनि सरकारमा जानका लागि सहमति नभएसम्म रहर पनि गरिरहेका छैनौं ।’ 

नेता यादवले स्पष्ट पारे, ‘हामी सरकारमा जानका लागि बामगठबन्धनसंग कुनै बार्गेनिङ गरिरहेका छैनौं ।’ वार्ता के कारणले अगाडि बढ्न सकेन भन्नेबारे आफू अनभिज्ञ रहेको नेता यादवले बताए । 

यसअघि तेस्रो चरणको मन्त्रिपरिषद विस्तारका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र फोरम अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रालय बाँडफाँडको समेत कुरा मिलेको सूचना सार्वजनिक भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ