arrow

विश्व पानी दिवस : राजधानीवासीले नै आधारभूत खानेपानी पाएका छैनन्

logo
प्रकाशित २०७४ चैत ८ बिहिबार
water-tap.jpg

काठमाडाैँ । सरकारले सन् २०१७ सम्ममा ८७ प्रतिशतले आधारभुत खानेपानी पाएको दावी गरेको छ। तर काठमाडौ उपत्यका लगायत शहरी क्षेत्रका बासिन्दाले पानीको आधारभूत सेवा पाएकै छैनन् ।

आधारभूत खानेपानीका लागि एक जना व्यक्तिले एक दिनमा करीव ४५ लिटर पानी पाउनुपर्छ, १०० मीटरको दूरी भित्र धारा रहेको हुनुपर्छ, मूलको सुरक्षित पानी घरसम्म पुर्याइएको र कम्तिमा दिनको ४ घण्टा धारामा पानी आउने प्रणाली भएको खानेपानी सेवालाई भनिएको छ । 

आधारभूत खानेपानीका लागि दैनिक ४ घण्टा भनिए पनि उपत्यकाका अधिकांश घरको धारामा महिनामा एक दिन पनि पानी आएको छैन । ललितपुरको नखिपोट, ताल्चिखेल , थसिखेल लगायतका स्थानमा महिनादिनदेखि पानी नआएको जन गुनासो छ। ललितपुरको महानगरपालिकाका गाः बहाल, पटको, नबहिल, इखालखु, न: टोल लगायतका स्थानमा दुई सातामा पनि पानी आउने गरेको छैन ।   

पानीको धारो खोल्न जानेहरुले बेइमान गर्ने गरेकाले पानी बितरणमा बिभेद हुने गरेको गाबहालका किशोर धुःसले दुखेसो पोखे । उनीजस्तै गाःबहालबासीको भनाइ छ, “खानेपानीका मान्छेहरु साँचो बोकेर हिँड्छन्, जजस्ले सुटुक्क हातमा रकम हालिदिन्छन्, उनीहरुको धाराका लागि पानीको साँचो खोलिदिन्छन्“ । कुमारीपाटी क्षेत्रमा भने दिनहुँ जसो पानी आउने गरेको गाबहालबासीको दाबी छ । कुमारीपाटीका बासिन्दाले पनि एकछिन भएपनि दिनको एकपल्ट त पानी आउँछ, भनेका छन् । 

नेपालको संबिधानले खानेपानी तथा सरसफाइलाई मौलिकहकको रुपमा प्रत्याभूत गरेको छ । दिगो विकास लक्ष्यको लक्ष्य नम्बर ६ पुरा गर्न समेत अब आधारभूत स्तरको सेवामा स्तर बृद्धि गर्नु जरुरी रहेको सरोकारवालाको भनाई छ । 

काठमाण्डौ उपत्यका लगायतका शहरी क्षेत्रमा उच्च तथा मध्यम स्तरको सेवा पुगेको सरकारको दाबी छ । तर आधारभुत सेवा समेत छैन । खानेपानी क्षेत्रका बिज्ञहरुका अनुसार शहरी क्षेत्रका बासीन्दा अझ आधारभुत खानेपानी सेवाबाट बन्चित छन् ।

काठमाडौँ उपत्यकामा दैनिक ३२ करोड लिटर पानीको माग भएपनि सुख्खायाममा ९ करोड लिटर र वर्षायाममा १६ करोड लिटर मात्र आपूर्ति हुने गरेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । सरकारले २०३० सम्ममा सबैमा गुणस्तरयुक्त खानेपानीको पहुँच पुर्याउने महत्वाकांक्षी लक्ष्य भने राखेकै छ । (१०:३९ माअद्यावधिक गरिएकाे )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ