- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
स्याङ्जा । स्याङ्जाको वालिङ मोडमा लागुऔषध सहित प्रहरीले जलनदिन मियालाई पक्राउ गरेको छ । बुटवलबाट पोखरा जादै गरेका मिया वालिङमा पैदल हिडिरहेको अवस्थामा शंका लागेर प्रहरीले चेकजाँच गर्दा लागुऔषध फेला पारेपछि नियन्त्रणमा लिएको छ । तीन दिन अगाडी जिल्ला प्रहरीले लागु औषध सहित एक जना पक्राउ गरेको थियो ।
कास्की रुपाकोट ६ बस्ने बर्ष २६ का मियाको साथबाट प्रहरीले नाईटोभेट २६, डाईजेपाम १३, नोफिन १५ र फेरानगन १५ थान गरी ६९ थान लागुऔषध बरामद गरेको प्रहरी निरिक्षक चिनकपुर गुरुङ्ले जानकारी दिए । मियालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक गुरुङ्ले बताए ।
वालिङ मोडमा ट्राफिक प्रहरी र जनपथ प्रहरीले सवारी चेकजाँच गरेका बेला मियालाई पैदल हिडिरहेका बेला पक्राउ परेका हुन् । प्रहरीले पछिल्लो समय लागु औषध नियन्त्रण गर्न सिभिल प्रहरी समेत छाडेको छ ।