arrow

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, ३ घाईते

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७४ चैत ८ बिहिबार

कैलाली ।  मोटरसाईकल एक आपसमा ठोक्कीदा कैलालीको लम्कीचुहा नगरपालिका २ गणेशपुरमा एक जनाको मृत्यु भएको छ । भने ३ जना घाईते भएका छन । घाईते मध्य नेत्र रावलको अवस्था  गम्भीर रहेको प्रहरीले जनाएको छ । रावलको लम्कीमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरीएको छ ।

दुर्घटनामा परि घाईते भएका आसाराम चौधरी र दिपक चौधरीको  लम्की स्थीत स्थानीय स्वाथ्य संस्थामा उपचार भैरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक नैनसिंह साँउदले जानकारी दिएका छन् ।

दुर्घटना लगतै टीकापुर अस्पताल पु्रयाइएका मृतकको भने यो खबर तयार पार्दा सम्म परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । असिमित गतिका कारण पुर्ब बाट पश्चिम तर्फ जादै गरेको से ५ प ४८०३ नम्बरको मोटर साइकल र पश्चिम बाट पुर्ब तर्फ आउदै गरेको से २ प ७९८१ नम्बरका मोटरसाईकल  एक आपसमा ठोक्कीदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ