arrow

अन्ना हजारे ७ वर्षपछि फेरि अनसनमा 

logo
प्रकाशित २०७४ चैत ९ शुक्रबार
anna-hajare.jpg

काठमाडौं । समाजसेवी एवं सत्याग्रही अन्ना हजारे फेरि असनस बस्दैछन् । ७ वर्षपछि उनी भारतको राजधानी नयाँ दिल्लीको रामलीला मैदानमा अनसन बस्न लागेका हुन् । 

उनले यसपटकको अनसन बस्नुको मुद्दा जनलोकपालसंगै किसानहरुको समस्यालाई उठाएका छन् । 

हजारे पहिले राजघाटमा पुगेर महात्मा गान्धीलाई श्रद्धान्जली दिएर समर्थकहरु सहित रामलीला मैदानमा जाने छन् । 

अन्ना हजारेले सन् २०११ मा लोकपाल बील माग्दै जन्तरमन्तरमा भोकहड्ताल गरेका थिए । 

अनसन नगर्न भारतीय जनता पार्टी बीजेपीले गरेको आग्रहलाई भने हजारेले मानेका छैनन् । उनको स्वास्थ्यलाई लिएर गम्भीर चिन्ता भइरहँदा यसबारे बीजेपी नेताहरुले बताउँदा समेत उनले वास्ता गरेका छैनन् । 

भारतमा हरेक वर्ष हजारौं किसानले आत्महत्या गर्नुपर्ने वाध्यताजन्य अवस्थाको अन्त गर्न हजारेले जोड दिएका छन् । 

उनले किसानको सुनिश्चित आम्दानी, पेन्सन तथा खेती विकासका लागि ठोस नीति ल्याइनु पर्ने माग गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ