arrow

चीन र अमेरिकाबीच व्यापारिक युद्धको संकेत

logo
प्रकाशित २०७४ चैत ९ शुक्रबार
America-US-China.jpeg

काठमाडौं। अमेरिकाले चिनियाँ सामानमाथि शुल्क लगाउने निर्णय गरेपछि चीनले त्यसको चर्को विरोध गरेको छ। बिहिबार अमेरिकाले चीनमाथि ६० बिलियन अमेरिकी डलरको शुल्क लगाउने निर्णय गरेपछि चीन आक्रोशित भएको छ। अमेरिकाले चीन ब्यापारिक बौद्धिक चोरी गर्न खप्पिस भएको भन्दै आफ्नो देशमा चिनियाँ लगानी सीमित गर्ने निर्णय समेत लिएको छ।

चीनले भने अमेरिका र चीनको ब्यापारिक सम्बन्धलाई खतरनाक स्थानबाट टाढा राख्न सुझाव दिएको छ। तर अमेरिकाले यसरी चीनमाथि आरोप सहित सामाग्रीमा शुल्क लगाएपछि कतै विश्वमा व्यापार युद्ध हुनसक्ने त हैन भन्दै आशंका गर्न थालिएको छ। अमेरिकाले एक हजारभन्दा बढी चिनियाँ उत्पादनमाथि शुल्क लगाइने जनाइएको छ। चीनबाट पोर्क, फलफुल, वाइन, स्टेनलेस स्टिलसहित चीन निर्यात हुने गरेको छ।

शुक्रबार चीनको वाणिज्य मंत्रालयले चीनको आयातमा अमेरिकी आक्रमणको विरोधसमेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ