arrow

ट्रम्पकी अर्की पूर्व प्रेमिका भन्छिन् : मेलानियाको कोठा देखेपछि सम्बन्ध तोडेको हो तर भोट ट्रम्पलाई नै दिएँ 

logo
प्रकाशित २०७४ चैत ९ शुक्रबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कुनै बेलाकी यौन सहयात्री करेन म्यानडूगलले आफुहरुको सम्बन्धबारे पहिलोपल्ट मुख खोलेकी छन् । प्ले व्वाई प्रतिकाकी पूर्व मोडल सीएनएन मार्फत ट्रम्पसँगको सम्बन्ध खोलेकी हुन् । 

हामी निकट भएपछि उनले मलाई रकम दिन खोजेका थिए र वास्तवमै मलाई त्यो रकम कसरी लिने भन्ने थाहा पनि थिएन । ट्रम्पले रकम दिन खोजेका थिए ? भन्ने प्रश्नमा उनले भनिन्, “हो उनले दिन खोजेका थिए’’। “त्यो बेला मेरो अनुहारको रंग कस्तो भएको थियो होला म भन्न सक्दिन तर ज्यादै उदास भएको हुनुपर्छ“ उनले भनिन् । पहिलो पल्टको सम्पर्कपछि ट्रम्पले रकम लिन प्रस्ता गरेपछि उनले के भनिन् त ? उनले ट्रम्पलाई भनिन् “म त्यस्तो होइन, म त्यस्तो खालको केटी होइन’’ ।

अनि ट्रम्पले के भने त ? अनि उनले “ओहो, तिमी साँच्चै विशेष छ्यौ भने“ म्याकडुुगलले भनिन् । उनले थपिन् “उनले त्यत्ति हल्ला रुपमा लिँदा मलाई चोट पुुर्रयायो ।  त्यो बेला ट्रम्पले मेलानियासँग विहे गरेका थिए (२००५ को जनवरी २२ मा) । विहे भएको मान्छेसँग गाँसिदा आफुलाई पश्चात्ताप लागेको पनि उनले लुकाइनन् । त्यस्तो बेला के भन्न सकिन्छ र खिन्न हुँदै माफी माग्नुु बाहेक ? । मलाई क्षमा दिनुस्, म आफैंले त्यस्तो भोग्न नपरोस् भन्ने मेरो चाहना थियो ।

म्याकडुुगलले यही हप्ताको शुरुमा दि न्याशनल इन्क्वेररको स्वामित्यमा रहेको अमेरिकन मिडिया आइएनसीविरुद्ध मुद्दा हालेपछि पहिलो पल्ट टेलिभिजनमा बालेकी हुन् । 
ह्वाइट हाउसले भने, सम्बन्धबारे आफुमाथि लागेका सबै आरोप ट्रम्पले अस्वीकार गरेको बताउँदै आएको छ । ट्रम्पको अस्वीकृतिप्रति म्याकडुुगलले भनेकी छन् “ मलाई थाहा छ, उनले आफ्नो परिवार र उनको छवि जोगाउन उनले अस्वीकार गर्दै आएको जस्तो लाग्छ’’ । तर यस्तो कुरामा झुट बोल्नु साँच्चिकै ट्रम्पको बच्काना हुने उनको तर्क छ । 

अन्तरवार्ताका क्रममा म्याकडुुगलले, ट्रम्पको रिपब्लिकनलाई भोट हालेको खुलासा पनि गरिन् । उनले भनिन् “मैले ट्रम्पलाई नै भोट दिएँ’’ । अमेरिकी राष्ट्रतीय चुनावको पूर्वसन्ध्यामा दि वालस्ट्रीट जर्नलले, अमेरिकन मिडिया आइएनसीले म्याकडुगललाई १ लाख ५० हजार अमेरिकी डलर तिरेको खबर दिएको थियो । जर्नलका अनुसार, यही सम्झौताले म्याकडुुगलाई ट्रम्पसँगको सम्बन्धबारे बोल्न रोकको हो । 

तर अमेरिकन मिडिया आइएनसीले भने म्याकडुुगलले सन् २०१६ देखिका राष्ट्रपति ट्रम्पसँगको सम्बन्धबारे म्याकडुुगललाई बोल्न कुनै बाधा छैन भनेको छ । म्याकडुुगलले, आफुले ट्रम्पसँगको सम्बन्धबारे सस्तो प्रचारबाजी नगरेको जिकिर पनि गरेकी छन् र उनले यसबाट केही पाउने चाहना पनि नराखेको बताइन् । 

सम्बन्ध कसरी टुुट्यो त ? 
ट्रम्पसँगको १० महिना लामो सम्बन्धप्रति आफैंलाई दोषी महसुस गरेरै सम्बन्ध तोडेको उनको भनाई छ।  “मैले आफैंलाई हिनताबोध र दोषी महसुस गरें, मलाई भित्रभित्रै पोलिरहेको थियो’’ उनले भनिन् । उनले पुराना कुरा सम्झिइन् । ट्रम्पले न्यूयोर्कस्थित उनको अपार्टमेन्ट ट्रम्प टावरमा लगेका थिए । त्यहाँ उनले मेलानियाको कोठा देखाए । “त्यो देखेपछि मैले आफुलाई एकमद दोषी जस्तो ठाने’’ उनले भनिन्, त्यसपछि त मलाई त्यहाँ एकछिन पनि बस्नै मन लागेन ।

एकपल्ट दि एप्रेन्टिस (ट्रम्पले चलाउने कार्यक्रम) को पार्टीमा मेलानियासँग पनि भेट भएको थियो, त्यो बेला पनि आफुलाई नै दोषी ठानेर मैले उनीहरुसँग सामूहिक फोटो नखिचाएको उनको भनाइ । साथै ट्रम्पले बेला बेलामा आफुलाई उनी ठूली छोरी इभाङ्कासँग तुलना गर्ने गरेको उनको भनाइ छ । “ट्रम्पले मलायई उनी छोरी जस्तै राम्री छ्यौ, थाहा छ, तिमी स्मार्ट छौ नि’’ भन्ने गरेको पनि उनले अन्तरर्वातामा खुलाइन् । 

१० महिनाको सम्बन्धमा कत्तिको भेट हुन्थ्यो त ? 
म्याकडुुगलको भनाइमा ट्रम्पसँको उनको सम्बन्ध समर्पण र प्रेममा आधारित थियो । त्यसैले पनि उनीहरुवीच बारम्बार भेट हुन्थ्यो । “हामीहरु महिनामा कम्तिमा पाँच पल्ट देखि थुप्रैपटक भेट्थ्यौं“, उनले भनिन् “सम्बन्धको बेला ट्रम्पले सुरक्षा साधन पनि लगाउँदैन थिए’’ । “आफुुसँगको सम्बन्धको बेला ट्रम्प अरु महिलासँग लहसिएका थिए थिएनन् थाहा छैन, तर मलाई लाग्थ्यो, “म मात्रै थिएँ हुँला’’ । 

ट्रम्पसँगको अबैध सम्बन्धबारे पोर्न स्टार स्टोर्मी डेनियल्सको नामबाट चिनिने स्टेफाइन क्लिफोर्ड पनि अदालत गइसकेकी छन् । उनीसँगको सम्बन्ध पनि म्याकडुुगलसँगको सम्बन्धकै ताकाको हो । (सीएनएनको सहयोगमा) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ