arrow

मोटरसाईकल दुर्घटनामा परि घाईते भएका २ जनाको मृत्यु

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७४ चैत ९ शुक्रबार

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका २ गणेशपुर नजिक विहिबार साझ भएको मोटरसाईकल दुर्घटनामा परि घाईते भएका २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि टीकापुरका नेत्र रावल र शिवराज बोगटीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

 दुर्घटना लगतै उद्दार गरी शिवराज बोगटीलाई टीकापुर अस्पताल र नेत्र रावललाई नेपालगञ्ज रेफर गरीएको थियो । दुर्घटनामा परि घाईते भएका आसाराम चौधरी र दिपक चौधरीको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक नैनसिंह साँउदले जानकारी दिए ।

 असिमित गतिका कारण पुर्ब बाट पश्चिम तर्फ जादै गरेको से ५ प ४८०३ नम्बरको मोटर साइकल र पश्चिम बाट पुर्ब तर्फ आउदै गरेको से २ प ७९८१ नम्बरका मोटरसाईकल विहिबार साँझ एक आपसमा ठोक्कीदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ