arrow

दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली पक्राउ पर्न सक्ने

logo
प्रकाशित २०७४ चैत ९ शुक्रबार
Lee_Myung-Bak.jpg

सोल । दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पक्राउ गर्न आदेश दिएपछि उनि पक्राउ पर्नसक्ने सम्भावना बढेको बताइएको छ । उनि आफ्नो पदमा रहँदा गरेको भनिएका विभिन्न भ्रष्टाचारको आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न बिहीबार सोलस्थित एक अदालतले आदेश दिएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१३ सम्म उनि आफ्नो पाँचबर्षे राष्ट्रपतीय कार्यकालमा रहँदा उनले गरेका कार्यहरुमा भ्रष्टाचारजन्य कामकारबाही भएको भन्दै लीलाई पक्राउ गरी हिरासतमा राख्न आदेश गरेको हो ।

तर आफूमाथि लागेका ती भ्रष्टाचार आरोपहरूमा भने आफ्नो कुनै संलग्नता नरहेको उनको दाबी छ । अदालतले भने प्रारम्भिक रुपमा केही प्रमाणहरु पाइएकोले उक्त आदेश दिएको जनाएको छ ।

अदालतले भनेको छ– लीमाथि लागेका आरोपमध्ये केहीमा बलिया प्रमाण पाइएकाले जेलबाहिर रहँदा ती तथ्य नस्ट गर्नसक्ने सम्भावना देखिन्छ । अदालतले यो पक्राउ आदेश जारी गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिने सम्भावना बढेको बताइएको छ ।

दक्षिण कोरियामा केही समययता उच्च पदस्थहरुमा भ्रष्टाचारका विरुद्धमा खोजी अभियान निकै बढेको पाइएको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ