arrow

इयूको प्रतिवेदन र पार्टीको नाममा विवेकशील साझाको आपत्ति

logo
प्रकाशित २०७४ चैत ९ शुक्रबार
bibeksheel-sajha-party_(1).png

काठमाडौं । विवेकशील साझा पार्टीले युरोपेली युनियन इयूको प्रतिवेदनको  भर्त्सना गरेको छ । पार्टीले शुक्रवार विज्ञप्ति जारी गर्दै सो भर्त्सना गरेको हो ।

  पार्टीले नेपालको संविधानका प्रावधानबारे युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले हालै सार्वजनिक गरेको प्रतिवेदनमा  आपत्तिजनक टिप्पणी गरेको र विवेकशील साझा पार्टीको नाम समेत अन्यथा उल्लेख गरेको भन्दै भर्त्सना गरेको छ ।

विज्ञप्तिमा 'युरोपियन युनियनले क्षमा याचना सहित प्रतिवेदन फिर्ता लिनु उपयुक्त देखिन्छ। यसबारेमा परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगको आपत्ति सहितको औपचारिक विज्ञप्तिको हामी स्वागत गर्दछौं।' उल्लेख गरिएको छ ।

राज्यका महत्वपूर्ण अंगका गतिविधिमा विदेशी संघ, संस्थाको अवाञ्छित संलग्नता नै यस्ता खेदजनक परिघटनाका कारक हुन् भन्दै पार्टीले  'संवैधानिक आयोग र राज्यका अन्य संवेदनशील निकायमा आवश्यक बजेट व्यबस्था नेपाल सरकारले नै गरोस् र विदेशी संघ-संस्थाको हस्तक्षेपकारी भुमिका रहने गरि कुनै पनि सहयोग नलियोस भन्ने तर्फ समेत विवेकशील साझा पार्टी सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छ।' लेखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ