कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिवार पुन: बस्ने
प्रकाशित २०७४ चैत ९ शुक्रबार
212
Shares
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सकिएको छ । वीपी स्मृति भवन ललितपुरमा शुक्रवार बसेको बैठकमा नेपाली कांग्रेसका पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य डा. नारायण खड्काले आफ्नो धारणा राखेका छन् ।
निर्वाचन समिक्षा सम्बन्धमा बसेको बैठक शनिवार विहान ११ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेल जनाएका छन् । उनले भने, ‘चुनावको समीक्षा नै बैठकको मुख्य एजेन्डा हो ।’
समीक्षा बैठकका लागि पटक पटक आब्हान गरिए पनि निर्वाचन सकिएको तीन महिनापछि सभापति शेरबहादुर देउवाले आब्हान गरेका हुन् ।