arrow

२६ महिनापछि कांग्रेस बैठकमा सहभागी नरहरि आचार्यले राखे यस्तो प्रस्ताव

logo
प्रकाशित २०७४ चैत १० शनिबार
narahari.jpg

काठमाडौं। चुनावको समिक्षा गर्न बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा लामो समयपछि कांग्रेस नेता नरहरि आचार्य समेत सहभागी भएका छन्। नेपाली कांग्रेसका तत्कालीन पार्टी सभापति सुशिल कोइरालाको निधन भएकै दिन गम्भिर विरामी भएका आचार्य २६ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सहभागि भएका हुन्।

२६ महिनाको लामो उपचारपछि स्वास्थ्य लाभ गरेका आचार्य शुक्रवार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको र संगठनको चिन्ता गर्दै प्रस्तुत भए। करिव १० मिनेट लगाएर दुई पृष्ठ लामो लिखित मन्तव्य राखेका आचार्यले पार्टी संरचनालाई पूर्णता, विधान संसोधनका बिषयमा धारणा राखेका थिए।

आचार्यले राखेको लिखित प्रस्ताव

२०७४ चैत्र ९ गतेदेखि प्रारम्भ भएको बैठकमा प्रस्तुत

नेपाली कांग्रेसको यस कार्यसमितिको बैठक २०७४ को समग्र निर्वाचनको समीक्षा गर्न बसेको छ। नेपाली कांग्रेस कमजोर अवस्थामा आइपुगेको जनमतले देखाएको छ। यसलाई सुधार गर्न हामी प्रत्येक सदस्य जिम्मेवार र भविष्यमुखी बन्नु पर्नेछ। यतिखेर वस्तपुरक र कठोर समिक्षा समीक्षा जरुरी छ। तर आरोप–प्रत्यारोपले मात्रै कांग्रेस माथि आइपरेको यस चुनौतीको सामना गर्न सकिन्न।

कांग्रेसले आफ्ना राजनीतिक एजेण्डाहरु अझ स्पष्ट पार्नुपर्ने अवस्था हाम्रा अगाडि छ। संघीय लोकतान्त्रिक गणराज्य नेपालको संविधान हामीले निर्माण गर्‍यौं। तर संविधान भित्रका सबै विषयमा हामीले हाम्रा नेता र कार्यकर्तालाई स्पष्ट बनाउन अझै सकेका छैनौं। कांग्रेसको नेतृत्वमा मुलुकमा ठूलो परिवर्तन भयो। तर आफैले गरेको परिवर्तन पछि के गर्ने भन्ने दुविधा नेतृत्व तहमा देखिएको छ।

१ निर्वाचनमा कांग्रेसको हार
निर्वाचनमा कांग्रेसले राम्रो गर्न सकेन । प्रतिकूल परिस्थितिको सामना गर्न सक्ने संरचना बनाउन सकेनौं । चुनावका मुखमा पार्टी एकता गरेर जाने बाम गठबन्धको निर्णयलाई हामीले पनि अवसरका रुपमा लिएर रणनीति बनाउनु पथ्र्यो । वाम गठबन्धनको रणनीतिलाई चिर्न सकेनौं । हामीले लोकतान्त्रिक गठबन्धन भनेपनि कांग्रेस एक्लै भयो । त्यसैले कांग्रेस दोस्रो पार्टी हुनु स्वभाविकै थियो ।

२ कांग्रेस पुरानै ढर्रामा
कांग्रेस अब पुरानै ढर्रामा अल्मलिनु हुँदैन । केन्द्रीय कार्यसमितिमा नयाँ साथीहरु आइपुग्नु भएको छ । ती साथीहरुले तत्काल चुनावको सन्दर्भमा मात्रै भन्दा पनि दीर्घकालिन रुपमा विषयलाई हेरेर कार्ययोजना अघि बढाउनुपर्छ । कांग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षको रुपमा उभ्याउनु पर्छ । सत्तापक्षका गल्ती कमजोरी केलाउनुका साथै आफैले विकास र समृद्धिका सकारात्मक एजेण्डा अघि ल्याउनु पर्छ ।

३ पार्टी संरचनालाई पूर्णता
कांग्रेस पार्टी विधानले व्यवस्था गरेको संरचनालाई छिट्टो पूर्णता दिन अत्यन्तै जरुरी छ । पार्टी विधानले समय निर्धारण गरेर गर्ने भनिएका कामहरु पनि पूरा भएका छैनन् । वर्तमान संविधान अनुरुपको थप संघीय संरचनामा पार्टीलाई लैजान पर्नेछ । त्यसका निम्ति यस केन्द्रीय कार्यसमितिले कार्यतालिका निर्माण गरेर नै अघि बढ्नु पर्दछ ।

४ संघीय गणतन्त्रको पूर्णता
कांग्रेसले संघीय गणतन्त्रका बाँकी विषयलाई पूर्ण गराउदै जानुर्पछ । संघीयताको मोटो खाका संविधानमा कोरिएको छ । बाँकी रहेका अन्य थप विषयमा कांग्रेसले बौद्धिक बहस चलाउनु पर्ने हुन्छ । तत्कालीन राजनीतिक आवश्यकताका कारणले मात्रै होइन, दीर्घकालिलीन रुपमा आइपर्ने समस्या सुल्झाउन सक्ने किसिमबाट छलफल आवश्यक छ ।

एउटै बैठकमा सबै कुरा पुरा हुन सक्दैनन्। कामहरु छिटोछिटो गर्दै जानुपर्दछ। विधानमा भनिएका कतिपय कुरा पूरा हुन बाँकी छन्, कति पूर्ण हुनसक्छन् तिनलाई पूर्णता दिदै जानु पर्दछ। पार्टीको विधान संशोधनमा जानु पर्ने, थप विषयहरुमा छलफल गर्न तत्काल महासमितिको बैठक बोलाउने तयारी गर्नुपर्दछ।

जय नेपाल !
तपाईको साथी

नरहरि आचार्य



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ