arrow

क्यान, एन्फा र ओलम्पिकको विवाद अन्त्य गरेरै छोड्छु : खेलकुदमन्त्री विश्वकर्मा

‘तोकिएकै समयमा दक्षिण एशियाली खेलकुद प्रतियोगिता हुन्छ’

logo
प्रकाशित २०७४ चैत १० शनिबार
khelkhud.JPG

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले खेलकुद क्षेत्रमा देखिएका सबैखाले विकृति तथा विसंगतिलाई अन्त्य र समस्या र विवादलाई हल गर्नेगरि आफूले पहलकदमी गर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले खेलकुद क्षेत्रमा देखिएका विकृति, विसंगति र फोहोरलाई आफूले हटाउनेगरि पहलकदमी लिने स्पष्ट पारे । उनले क्यान, एन्फा र ओलम्पिक कमिटि लगायतका खेलकुद संघमा देखिएका विवाद तथा समस्याहरुलाई छिट्टै समाधान गर्नेपनि विश्वास दिलाए ।

मन्त्री विश्वकर्माले सुशासन र सृमद्धि हाँसिल गर्ने कार्यमा केन्द्रति भएर आफूहरुले कामको थालनी गरेको पनि जनाए । निर्वाचन सम्पन्न भएसँगै तीनवटै तहमा सरकार गठन भएर सञ्चालनमा आएको उल्लेख गर्दै उनले भने,‘अब सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा हामी होमिएका छौं, निर्वाचनको क्रममा वाम गठबन्धनको तर्फबाट हामीले जनतासामू गरेका वाचा र प्रतिबद्धताहरु पूरा गर्छौं।’

मन्त्री विश्वकर्माले भने,‘नेपाली खेलाडीहरुले अन्र्तराष्ट्रिय स्तरमा कठोर मेहनतका साथ प्रस्तुत भएर उपलब्धिहरु हाँसिल गरेकोमा गर्व महशुस भएको छ, सिँगो राष्ट्रको गौरवलाई माथि उठाउन खेलाडीहरुले महत्वपूर्ण योगदान पुर्याउनुभएको छ, अन्र्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा मेहनत गर्नुहुने प्रशिक्षक, खेलाडी सबैमा बधाई तथा धन्यवाद र सम्मान अर्पण गर्दछु।’
खेलकुद क्षेत्रमा नयाँ भाईव्रेशन आउनेगरि काम गर्ने उनको प्रतिबद्धता थियो । उने भने,‘खेलकुद क्षेत्रको विकास गर्नेगरि सु–व्यवस्थित् गर्ने संकल्प लिएको छु, खेलाडीहरुले अहिले भोग्नुपरेको समस्या र चूनौतिहरुलाई हल गर्नुपर्छ, युवा शक्तिलाई समृद्ध राष्ट्र निर्माणमा लगाउनेगरि व्यवस्थित् कार्ययोजना छिट्टै ल्याउँछु।’

खेलकुद क्षेत्रमा व्याप्त रहेका सबैखाले समस्याहरुलाइ विधिसम्मत् रुपमा हल गर्ने उनको भनाई थियो । उनले भने,‘विवेक र न्यायसंगत ढंगबाट समस्याहरु समाधान गर्छौं।’ खेल क्षेत्रमा उत्साह प्रदान गर्नेगरि आफूले गम्भिर पहल लिएको उनले जनाए ।

सन् २०१९ मा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता हुने भएकोले उक्त प्रतियोगिता समयमै सम्पन्न गर्नेगरि आफूहरु तयारीमा जुटिसकेको पनि उनले जनाए । उनले भने,‘तोकिएकै मितिमा हामी प्रतियोगिता सम्पन्न गर्छौं, प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माणको योजनाहरु बनाउनमा हामी केन्द्रित छौं।’ उनले चालु आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने पूर्वाधारको बारेमा जानकारी लिन १५ दिनभित्रै प्रतिवेदन ल्याउनेगरि मन्त्रालयका सह–सचिवको नेतृत्वमा समिति गठन भएर कार्य आरम्भ भैसकेको पनि जानकारी दिए ।
 
त्यस्तै ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि समयमै सम्पन्न गर्ने उनले विश्वास दिलाए । उनले भने,‘आर्थिक वर्षभित्रै यो प्रतियोगिता गर्न चाहिने स्डेडियम, कवड हल, सबै निर्माण भैसक्छन्, यसको लागि पनि हामीले अनुगमन समिति बनाएका छौं, दुई हप्ताभित्रै समितिले रिपोर्ट दिन्छ।’
त्यस्तै उनले मुलुक संघीय व्यस्था अनुरुप अघि बढेकोले केही ऐन तथा कानूनहरु परिमार्जन गर्ने कामलाई पनि आफूले अघि बढाएको सुनाए । यही चालु वर्षभित्रै काठमाडौं केन्द्रित अन्र्तराष्ट्रिय स्तरको अध्याधुनिक खेल मैदानको डिपिआर कार्यआरम्भ सुरु गर्ने पनि उनले जनाए । भुकम्पले ध्वस्त बनाएको दशरथ रंगशालाको पनि समयमै पूर्ननिर्माण हुने उनले जनाए ।

मन्त्री विश्वकर्माले ७ वटै प्रदेशमा आधुनिक सेवा सुविधासम्पन्न स्टेडियम बनाईनेगरि आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने जनाए । आगामी वर्षको बजेटको नीति तथा कार्यक्रममा हरेक गाउँ, नगर, उपमहानगर र महानगरपालिका वडासम्म व्यवस्थित् खेल मैदान बनाईनेगरि कार्यक्रमहरु समेटिने उनको भनाई थियो ।

सरकारको एकल प्रयासबाटमात्रै नहुने भन्दै समग्र खेलकुद क्षेत्रको विकासको लागि नीजी क्षेत्रको पनि साथ र समर्थन अनिवार्य रहेको उनले आवश्यकत्ता औंल्याए । उनले भने,‘स्वदेशी नीजी क्षेत्रमात्रै नभएर राष्ट्रिय हित प्रतिकुल नहुनेगरि वैदेशिक लगानी भित्र्याउने हिसावबाले योजना तयार पार्छौं, खेलप्रति जनताको आशामा निराशा होईन, थप उत्साह थप्छौं।’ खेल पर्यटनको विकासबारे पनि आफूले पहल गर्ने उनको भनाई थियो ।
 
आफूले राजनीतिक आग्रह वा पूर्वाग्रह नराखीकन काम गर्ने पनि मन्त्री विश्वकर्माले बताए । उनले भने,‘म युवा नीति चाँडै ल्याउँछु, आग्रह वा पूर्वाग्रह म सँगै छैन, कसैको अनुहार हेरेर भन्दापनि विवेक र न्यायसंगत रुपमा चल्छु, जे गर्दा खेलकुद क्षेत्रको हितमा हुन्छ, त्यही निर्णय गर्छु, जे निर्णय गर्दा खेलकुद क्षेत्रको भविष्य उज्जवल हुन्छ, त्यही गर्छु, म सबैलाई समेट्नेगरि नेतृत्वदायी र संयोजनकारी भूमिका निर्वाह गर्छु।’

बाध्यताले विदेश पलायन भएका युवाहरुलाई स्वदेशमै रोक्नेगरि आफूले युवा नीति ल्याउने पनि उनले विश्वास दिलाए । उनले भने,‘म युवा नीति छिट्टै ल्याउँछु।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ