arrow

माओवादी नेतालाई प्रश्न–ओली भारत जानु अघिनै किन पार्टी एकता, कुरा विग्रिन्छ भनेर हो ?

उत्तर : होइन, होइन, त्यसो होइन

logo
प्रकाशित २०७४ चैत १० शनिबार
oli-prachanda.jpg

काठमाडौं । सत्ता साझेदार एवं वाम गठबन्धनको एउटा शक्ति माओवादी केन्द्रले यो महिना भित्रै पार्टी एकता गर्नु पर्ने निष्कर्ष निकालेको छ । पार्टी एकता गर्न विलम्ब गर्न नहुने निष्कर्ष निकालेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै पार्टी एकता गर्नु पर्छ, भन्नुले भने शंका उब्जाएको छ ।

हेडक्वार्टर बैठकमा सहभागि पूर्व पार्टी प्रवक्ता दिनानाथ शर्माले प्रधानमन्त्री ओलीको भारत भ्रमण अघि नै एकता गर्नु राम्रो हुने कुरा भएकै हो, भने ।

उनले भने, ‘बैठकमा २ वटा कुरा भयो । छिटो भन्दा छिटो यही महिनाभित्रै पार्टी एकता गर्ने र पार्टीको आन्तरिक सांगठनिक संरचनाबारे तत्काल काम गर्ने ।’ उनले यो सँगसँगै प्रधानमन्त्रीको भ्रमणअघि पार्टी एकता गर्नु पर्नेमा सहमति भएको बताए ।

उनले अगाडि भने, ‘हामीले पहिल्यै सरकार गठन अघि नै गरौँ भनेका थियौँ । अब पनि ढिला गर्नु हुँदैन । दुवै तर्फका कार्यदलले धेरैका काम गरिसकेका छन् ।’ प्रधानमन्त्रीको भारत भ्रमण अघि नै चैँ एकता किन ? कुरा विग्रिन्छ भनेर हो ? जवाफमा उनले भने, ‘होइन, होइन । त्यस्तो होइन । प्रधानमन्त्रीको भारत भ्रमण र पार्टी एकतासँग आइनो साइनो केही छैन । भ्रमणको कुरा अहिले आएको हो । हामीले पार्टी एकता छिटो गरौँ भनेको त पहिल्यै हो नि’ !

अनि कम्युनिष्ट पार्टी स्थापन दिवसको भाका चैँ के ? उनले भनेका छन्, ‘त्यो मोटामोटी प्रस्ताव आएको हो । निर्णय भएको होइन । हामीले त्यो अघि अर्थात् यही महिनाभित्रै गर्नु पर्छ भनेका छौँ ।’
बैठकको अर्को निर्णय
मन्त्री भएका नेताहरुलाई प्रदेश इन्चार्ज जिम्मेवारीबाट मुक्त गरिएको छ । उनीहरुको ठाउँमा नयाँ इन्चार्ज पनि तोकिसकिएको छ । यो निर्णपछि मात्रिका यादव, वर्षमान पुन र शक्ति बस्नेत प्रदेश इन्चार्जबाट हटेका छन् । प्रमुख सचेतक देव गुरुङ पनि इन्चार्जको जिम्मेवारीबाट मुक्त भएका छन् ।

यादव २, गुरुङ ४ पुन ५, बस्नेत प्रदेश ६ का इन्चार्ज थिए । इन्चार्ज रहेका गोपाल किराती कारबाहीमा परेपछि प्रदेश १ रिक्त नै थियो ।

नेता शर्माका अनुसार प्रदेश १ मा राम कार्की, २ मा विश्वनाथ साह, ४ मा हितराज पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मा इन्र्चाज तोकिएका छन् । यस्तै, प्रदेश ३ मा हितमान शाक्य र प्रदेश ७ मा लेखराज भट्ट इन्चार्ज कायमै छन् । नेता शर्माले मन्त्रीभएकाहरुले संगठनका लागि खटिएर काम गर्न नसक्ने भएका कारण जिम्मेवारीबाट मुक्त गरिएको सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ