arrow

अमेरिकामा बन्दूक नियन्त्रणको माग, लाखौं मानिस सडकमा

logo
प्रकाशित २०७४ चैत ११ आइतबार
usa-ekata.jpg

काठमाडौं। अमेरिकामा बन्दूक नियन्त्रणको माग चर्को रुपमा उठेको छ। पूर्ण नियन्त्रणको माग गर्दै अमेरिकाभर विशाल प्रदर्शन गरिएको छ। यसका लागि विद्यार्थीहरुले अग्रसरता लिएका छन्। लाखौंको संख्यामा भएको प्रदर्शनमा ‘मार्च फर आवर लाइभ्स्’ लेखेका ब्यानरसहित प्रदर्शनकारी सडकमा उत्रेका हुन्। एकैपटक देशका आठ सयभन्दा बढी स्थानमा यस्ता प्रदर्शन गरिएका छन्।

सबैभन्दा ठूलो प्रदर्शन राजधानी वासिंगटन डिसीमा भएको छ जहाँ पाँच लाख प्रदर्शनकारी सामेल भएको दावी गरिएको छ। पछिल्लो पटक फ्लोरिडामा भएको गोलीकाण्डमा १७ जना तथा गत वर्ष लास भेगासमा भएको अर्को गोलीकाण्डमा ५८ जनाको हत्या गरिएको थियो।

बन्दूके कानुनले अमेरिका यसरी सताइएको छ कि उसलाई मुक्त हुन निकै कठिन देखिन्छ । अमेरिकीहरु जनतामध्ये ४० प्रतिशतसंग बन्दूक भएको अनुमान गरिन्छ। कार्यक्रममा सांगीतिक कार्यक्रम पनि गरिएको थियो । पुरानो घटनाको सम्झना गर्दा कतिपयका आँखामा आँशु पनि देखिन्थे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ