arrow

स्याङ्जाका किसान हिउँदे रोपाईमा

सरकारले समस्या बुझेन किसानको

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ चैत ११ आइतबार
dhan.JPG

स्याङ्जा।  जिल्लाको प्रमुख खाद्यन्न वालिको रुपमा चिनिएको धान खेती लगाउन किसानहरुले शुरु गरेका छन् । खोला किनारमा रहेका खेतीमा प्रसस्त पानी हुने भएपछि किसानहरु हरेक बर्ष हिउदे धान रोप्ने गर्दछन् ।

 गएको बर्षमा भन्दा यो बर्षमा हिउदे धान रोपाईमा कमी नआउने जिल्ला कृषि विकास कार्यालय स्याङ्जाले जनाएको छ । भर्खरै शुरु हुन लागेको हुनाले कति हेक्टर खेतमा रोपाई हुने छ भन्ने तथ्याङ्क पत्ता लगाउन बैशाखमहिनाको पहिलो हप्ता कुर्नुपर्ने कार्यालयको भनाई छ । गएको बर्षमा स्याङ्जामा यस बर्ष करिव १ हजार भन्दा बढी हेक्टरमा किसानहरुले धान खेती गरेका थिए ।

चैत्र महिना शुरु भएलगत्तै किसानहरु हिउदे खेती तर्फ लाग्ने गर्दछन् । स्याङ्जाका खोलाा किनारमा रहेका खेतमा किसानहरुले हिउदे धान रोप्न थालेका छन् । बर्षे धान खेती भन्दा हिउँदे धान खेती बढी फल्ने हुनाले हिउँदे धान खेतीप्रति किसानहरुको आकर्षण बढेको छ । बर्षामा आएको बाढीले हरेक बर्ष कुलो वगाएर लैजाने समस्या किसानहरुलाई छ । सरकारले कुलो मर्मतका लागि बजेट छुट्टाएपनि मेहनती किसानकोमा भने सो बजेट नपुग्ने किसानहरु बताउछन् ।  पानीको समस्या नभएको तर स्थायी कुलो नहुँदा समस्या झेल्नु परेको किसानहरु बताउछन् । हरेक बर्ष दुई खेती धान रोप्दै आएका किसानहरुले अत्यन्तै दुखका साथ हिउदे खेती गरेको तुलसा पाण्डे बताउछिन् ।

सरकारले समानरुपले विउविजन वितरण नगरिदिदा सामान्य किसान मर्कामा पर्दै आएको अनुभव किसानहरुले सुनाउने गर्दछन् । हिउदे खेतीका लागि कुलो मर्मतमा सकस बोक्नु पर ेपनि रोपाईलाई भने निरन्तरता किसानले दिइराखेका छन् । यसमा सरकारले पनि सहयोग गरेमा किसानको हौसला र उत्पादनमा बृद्धि हुने देवका रेग्मी बताउछीन् । किसानलाई आत्मनिर्भर बनाउने सरकारले घोषणा गरेपनि कार्यन्वयन नहुँदा किसान आत्मनिर्भर बन्न नसकेको गुनासो रेग्मीको छ ।

बाहिरबाट आयत हुने सबै भन्दा खाद्यन्नमा चामल पर्ने गरेको छ । आयतलाई घटाउन पनि हिउदे धानले अत्यन्तै सहयोग पुग्ने गर्छ । तर सरकारले किसानको मर्का कहिल्यै नबुझने गरेको अर्का किसान सुर्यप्रसाद कोइरालाको अनुभव छ । पुर्खाले चलाउदै आएको हिउदे रोपाईका लागि किसानले हिउदे धानको विउ आफै राखेर हिउदमा रोप्ने गरेको कोइरालाको अनुभव छ । प्राविधिक रुपले खेती गर्ने परम्परा भित्रिएपनि सरकारले किसानको दुःख देख्ने नगरेको आरोप कोइरालाको छ ।

हरेक बर्ष हिउदे धानको विउको माग आएपनि यो बर्ष भने माग नआएको जिल्ला कृषि विकास कार्यालय दावी गर्छ । स्याङ्जाको वालिङ, दहथुम, छाङ्छाङ्दी, स्वरेक, अर्जुनचौपारी, पुतलीबजार, चापाकोट, रत्नपूर, मल्याङ्कोट, विर्घा, सेखाम,कालीगण्डकी आदीका साविक गाविसहरुमा हिउँदे धान खेती हुने गर्दछ । यस क्षेत्रमा चैते—२, चैते—४, अर्दिनास—१ लगायत जातका धान खेती हुने जिल्ला कृषि विकास कार्यालय स्याङ्जाले जनाएको छ । पानी लाग्ने क्षेत्रमा सरकारले कुलो मर्मतका लागिपहल गर्ने हो भने स्याङ्जामा खाद्यन्नको लागि आयत कम हुने विश्वास गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ