arrow

पर्यवेक्षणका नाममा धर्म प्रचार गर्ने इयुले प्रतिवेदन सच्याउनुपर्छ : प्रधानमन्त्री

logo
प्रकाशित २०७४ चैत ११ आइतबार
oli-election-commission.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको भावना, मर्म र प्रावधानलाई होच्याउने गरी सार्वजनिक गरिएको युरोपेली सङ्घ(इयु)को निर्वाचन पर्यवेक्षणसम्बन्धी प्रतिवेदन सच्याउन आग्रह गरेका छन्।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आइतवार आयोजना गरेको पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले निर्वाचन पर्यवेक्षणका नाममा इयुले नेपालको संविधानका भावनामा आँच पुर्‍याउने गरी प्रतिवेदन ल्याएको जनाउँदै भने, “नेपाललाई होच्याएको हो ? हेपेको हो ? मैले र नेपाली जनताले हेपिएको महसुस गरेका छौँ, इयुलाई विनम्रतापूर्वक आग्रह गर्छु, यसलाई तुरुन्त सच्याउनुस् ।”

पर्यवेक्षणका नाममा आई धर्म प्रचार गर्ने र त्यसको प्रतिशोध प्रतिवेदनमा लिन नहुने बताउँदै उनले नेपाल सामाजिक न्याय र समानताका लागि काम गर्ने सार्वभौमसत्तासम्पन्न राष्ट्र भएको हुँदा कुनै भ्रम नपाल्न उनले आग्रह गरे ।
 
तत्कालीन सरकार निर्वाचन गराउन तत्पर नभएका अवस्थामा निर्वाचन आयोगको भूमिका प्रशंसनीय छ भन्दै उनले नेपाली जनताले सचेततापूर्ण र बलिदानीपूर्ण योगदानका कारण मुलुकमा अहिलेको अवस्था आउन सफल भएको बताए ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन हुने-नहुने दुविधाका बीचमा ११ महिनाका अवधिमा विभिन्न समस्या हुँदा पनि आठ निर्वाचन सम्पन्न गर्न सफल भएको बताए ।

नियोकका अध्यक्ष हिमालयशम्शेर जबराले निर्वाचनमा मतदान शिक्षा कमजोर भएको र गोप्य मतदान भनिए तापनि पैसा लिएर मत माग्ने काम भएको विचार व्यक्त गरे। संकल्पका महासचिव शोभा बस्नेतले अपाङ्ग, वृद्धवृद्धा, सुत्केरी र गर्भवतीमैत्री खालको मतदानस्थल नभएको जनाउँदै आगामी दिनमा त्यसलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक गरेका थिए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ