arrow

अमेरिकामा बन्दुक नियन्त्रण र विद्यालय सुरक्षाको माग गर्दै प्रदर्शन

logo
प्रकाशित २०७४ चैत ११ आइतबार
student2.jpg

वासिङटन ।अमेरिकाको वासिङटन डिसीमा बन्दुक नियन्त्रण र विद्यालयमा सुरक्षाको माग गर्दै शनिबार हजारौँ प्रदर्शनकारीले प्रदर्शन गरेका छन् । ‘यस्तो फेरी कहिल्यै नहोस्’ जस्ता नारा लेखिएका बोर्डसहित प्रदर्शनकारीले विद्यालयमा बेलाबेलामा भइरहेका बन्दुक आक्रमणका घटनाको विरोध गरेका थिए । प्रदर्शनकारी वासिङटनको पेन्सिल्भानीया एभिन्युमा भेला भएर प्रदर्शन सुरु गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

“हाम्रो जीवनका लागि पदयात्रा” नाम दिइएको र्‍याली गत फेब्रुअरी १४ तारिखका दिन फ्लोरिडास्थित एउटा विद्यालयमा भएको घटनालाई लिएर निकालिएको हो । फ्लोरिडामा सोही विद्यालयका पूर्वविद्यार्थी १९ बर्षीय निकोलस क्रुजले गोली चलाउदा १९ जनाको मृत्यु भएको थियो ।

सो घटनापछि देशभर बन्दु राख्न पाउने कानुनको विषयमा पुनःविचार गर्नुपर्ने भन्दै बहस भइरहेको छ । बन्दुक राख्नपाउने व्यवस्थाले अनाहकमा धेरैको ज्यान गइरहेकाले बन्दुक राख्नपाउने व्यवस्था तत्काल खारेज गर्नुपर्ने प्रदर्शनकारीको माग छ ।

देशका लस एन्जलस, बोस्टन, फिलाडेल्फीया र न्युयोर्क सिटीलगायतका धेरै सहरमा एकै दिनमा यस्तै प्रकारका झण्डै आठ सय घटना हुने गरेको छ ।

प्रदर्शनकारीले बन्दुक होइन विद्यार्थीलाई माया गरौँ भन्ने नारा पनि लगाएका थिए । बन्दुक राख्न पाइने व्यवस्था तत्काल नहटाइएमा आगामी दिनमा यस्ता घटनामा परी अरु निर्दोष नागरिकले पनि अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था आउनसक्नेतर्फ उनीहरुले ट्रम्प प्रशासनको ध्यानाकर्षण गराएका थिए ।सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ