arrow

क्याटलन नेता पूज्डमोन पक्राउ

logo
प्रकाशित २०७४ चैत ११ आइतबार
puidgemont.jpg

एजेन्सी । क्याटलोनियाका पूर्व नेता कारलस पूज्डमोन पक्राउ परेका छन् । उनी जर्मनीमा पक्राउ परेको उनका वकिलले जनाएका छन् ।

बेल्जियम जानेक्रममा डेनमार्कको सीमा पार गरेपछि पूज्डमोन पक्राउ परेको उनका वकिलले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

राज्यद्रोह गरेको आरोपमा स्पेनमा पूज्डमोन खोजीको सूचीमा छन् । पोहोर अक्टोबरमा स्पेनबाट क्याटलोनिया अलग हुने पक्षमा जनमतसंग्रह गराएयता उनी बेल्जियमा स्वनिर्वासनमा छन् ।

त्यो जनमत संग्रहमा स्पेनले प्रतिबन्ध लगाएको थियो । उनीविरुद्ध भरखरै मात्रै  युरोपेली पक्राउ पुर्जी पुनः जारी गरिएको थियो ।

जनमतसंग्रहपछि मड्रिडस्थित केन्द्रीय सरकारले क्याटलान क्षेत्रीय संसद्लाई बर्खास्त गरिदिएको थियो र प्रत्यक्ष शासन लागू गरेको थियो।

क्याटलोनियाको नयाँ प्रमुखका लागि चयन गरिएका उम्मेदवार पक्राउ परेपछि नयाँ प्रमुख चुन्ने योजना विपक्षी नेताहहरुले त्यागिदिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ