कुन्दन अर्याल प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार नियुक्त
प्रकाशित २०७४ चैत १२ सोमबार
691
Shares
काठमाडौं । कुन्दन अर्याल प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त गरेको हो । मन्त्रिपरिषदको बैठकपछि पत्रकारसँग कुरा गर्दै सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले अर्याललाई नियुक्त गरेको जानकारी दिए ।
अर्याल यसअघि नेपाल टेलिभिजको अध्यक्ष समेत भइसकेका छन् । त्रिभुवन विश्वविद्यालयमा प्रत्रकारितातर्फ उपप्राध्यापक रहेका अर्यालको सेवा सुविधा राज्यमन्त्री सरह हुनेछ । प्रधानमन्त्रीको सञ्चार विज्ञमा यसअघि नै रामशरण बजगाईं र प्रेस संयोजकमा चेतन अधिकारी नियुक्त भइसकेका छन् ।