arrow

क्याटलोनियाका पूर्व नेता पक्राउ गरेकोमा विरोध

logo
प्रकाशित २०७४ चैत १२ सोमबार
birod.jpg

कोपेनहेगन ।  क्याटलोनियाका पूर्व नेतालाई पक्राउ गरिएकोमा क्याटलोनियाली स्वतन्त्रता पक्षधरले विरोध गरेका छन् । पूर्व नेता कारलस पुजमोनलाई आइतबार पक्राउ गरी जर्मनीमा हिरासतमा राखिएको समाचार आएको छ । क्याटलोनियाका पूर्व पृथकतावादी अन्य नेताहरुले उनको पक्राउको विरोध गरेका हुन् ।

पुजमोनका वकिलले उनलाई नियन्त्रणमा लिइएको समाचार सार्वजनिक गरेको डेनमार्कबाट प्राप्त समाचारमा जनाइएको छ । क्याटलोनियाका अरु नेताहरुले उनको पक्राउको विरोध गरेका स्पेनबाट प्राप्त समाचारमा जनाइएको छ ।

बेल्जियमतर्फ जाने क्रममा डेनमार्कको सीमा क्षेत्रनजिक उनलाई नियन्त्रणमा लिइएको उनका वकिलले जानकारी दिएका हुन् । उनि बेल्जियममा रहेको बताइएको थियो ।

क्याटलोनियालाई स्पेनबाट अलग गराउने पक्षमा जनमत संग्रह गराएको भनी उनमाथि आरोप छ । गत वर्षको अक्टोबरमा भएको सो जनमत संग्रहपछि उनि बेल्जियमा निर्वासनमा रहेका छन् ।

उनलाई स्पेन सरकारले देश टुक्र्याउन खोजेको भन्दै राज्यद्रोहको मुद्दा लगाएको छ । उनि देश फर्किएमा स्पेन सरकारले राज्यद्रोहको मुद्दामा नियन्त्रणमा लिनेछ ।

क्याटलोनियामा भएको जनमत संग्रहमा जनताले स्पेनबाट टुक्र्याएर अलग गराइने पक्षमा मतदान गरेका बताइएको थियो । तर संकट लगाएर पृथकतावादीहरुलाई निस्तेज पारिएको थियो ।

त्यहाँ स्पेनको केन्द्र सरकारले प्रत्यक्ष शासन लागू गरेको छ । त्यसलगत्तै त्यहाँको संसद् र सरकार पनि भंग भएको थियो ।

त्यसैगरी क्याटलोनिया स्पेनमै रहिरहनेछ भन्ने स्पेनी राजाको अभिव्यक्तिपछि पनि यहाँको पृथकतावादी आन्दोलन कमजोर भएको हो । हाल त्यहाँको सरकार निलम्बन गरिएको छ भने यसअघि गरिएको भनिएको जनमत संग्रहको परिणामलाई अवैध घोषणा गरिएको छ ।

त्यस लगत्तै त्यहाँ नयाँ चुनाव गराइएको थियो । त्यस निर्वाचनमा भने स्वतन्त्रताका पक्षधर दलहरूले निर्वाचनमा बहुमत हासिल गरेका थिए । एएफपी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ