arrow

यी हुन् तेस्रो लिङ्गी समाचारवाचिका

logo
प्रकाशित २०७४ चैत १२ सोमबार
3rd-gender-newsreader.jpg

काठमाडौं । तेस्रो लिङ्गीले पनि समाचार पढ्छन् र ? भन्ने लाग्छ भने तपाई गलत भइसक्नु भयो । पाकिस्तानको एक टेलिभिजन च्यानल कोहेनुरले तेस्रो लिङ्गी समाचारवाचिकालाई समाचार पढ्न दिएको छ । 

कोहेनुरले मारवीय मलिकलाई समाचारवाचिकाको रूपमा जागिर दिएको हो । 

लाहोरकी मलिक यसअघि मोडलिङ गर्दैथिइन् । 

जब उनलाई यो जागिरको अफर आयो उनका आँखाबाट आँशु झरेका थिए रे ।

बीबीसीको कुराकानीमा उनले भनिन्, ‘म जागिरको अफर सुनेर रोएँ ।’

आमसंचार विषयकी ग्राजुएट मलिकले तीन महिनाको प्रशिक्षणपछि गत शुक्रबारदेखि समाचार पढ्न थालेकी छिन् । 

उनले प्रशिक्षणका क्रममा आफूले कुनै प्रकारको भेदभाव महसुस नगरेको बताइन् । 

मलिक पाकिस्तानकी पहिलो तेस्रो लिङ्गी मोडल हुन् । 

पाकिस्तानमा तेस्रो लिङ्गीहरु हेपिँदै आएका छन् । पछिल्लो जनगणनाअनुसार पाकिस्तानमा तेस्रोलिंगीको संख्या १० हजार ४१८ रहेको छ । 

उनीहरुलाई पैसाका लागि बेश्यावृत्तिमा धकेल्ने गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ