arrow

समान हैसियतमा मात्र पार्टी एकता हुन्छ – रायमाझी

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ चैत १३ मंगलबार
top-bahadur-rayamajha.jpg

बुटबल । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले चित्त बुझ्दो नभए पार्टी एकता नहुने बताएका छन् । रिपोर्टर्स क्लव नेपाल पाँच नम्बर प्रदेशले बुटबलमा गरेको साक्षात्कारमा रायमाझीले घडी, समय पोला तोकेर पार्टी एकता हुने विषय हैन । 

पार्टी एकता हुँदा समान हैसियतमा मात्र एकता हुन्छ, आफनो औकात अनुसारको हैसियतमा मात्र एकता गछौँ, सम्मान जनक, समान हैसियतले नभए पार्टी एकता हुँदैन रायमाझीले भने । 

बाम एकता हुदाँ चुनावी तालमेल हुदैँन भनेर हल्लाहरु भए, सरकार बन्ने कुरामा आशंका गरियो, सरकार बन्दैन भनियो, त्यसपछि पार्टी एकता टिप्पणी आउनु स्वभाविक हो, निकट भविष्यमा पार्टी एकता गराएरै छाड्छांै, सम्पुर्ण बामपन्थी शक्तिहरुलाई एउटै कम्युनिष्ट पार्टी बनाउँछौं उनले भने ।  

उनले देशमा विगतका समयमा सरकार निर्माण हुँदा राजनितिक स्थीरता नभएकाले अहिले पुर्ण दुई तिहाई सहितको सरकार निर्माण गरेकोले प्रतिपक्ष सँग सहकार्य गरेर विकासका काममा अगाडि बढ्ने बताए । प्रतिपक्षले सहकार्य गर्ने जानकारी गराइसकेकोले सहकार्य गर्न तयार बाम गठबन्धनको सरकार पनि तयार रहेको उनले बताए । 

राष्ट्र राष्ट्रिय सम्बन्धलाई गाढा बनाउनका लागी प्रधानमन्त्रीको भ्रमण ऐतिहासिक हुने बताए । उनले अर्कोको देशको विषयमा बोल्न आवश्यक नभएको ईयुलाई चेतावनी दिए । 
 
ईयुले दिएको सुझाव ठिक भए लिने नत्र लागु नहुने बताए । पाँच नम्बर प्रदेशको राजधानी जनप्रतिनिधीले पायक पर्ने ठाउँमा माग्नु स्वभाविक हो, उचित र सहि ठाउँमा राख्न सुझाव रहने बताउँदै उनले पाँच नम्बर प्रदेशमा पहाड र तराई अलग नगराउँनका लागी धेरै आन्दोलन गरेर जोगाएकोले स्थायी राजधानी राख्न सल्लाह दिने बताए ।

उनले बुटबलमा अस्थायी राजधानी राखेको कुरा स्मरण गर्दै प्रदेश सभाले निर्णय गर्दा पाँच नम्बर पदेशको नया राजधानी नया सहरमा हुनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ