काठमाडौं । गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले, भ्रामक हल्ला फैलाउनेमाथि कानुनी कार्वाही खोज्न सक्ने चेतावनी दिएकी छन् ।
गौहत्या र मासु प्रकरणबारे आफुलाई विवादमा तानेको भन्दै उपसभामुख तामाङले विज्ञप्तीमार्फत ध्यानाकर्षण समेत गराएकी छन् । तामाङले निकालेको प्रेस नोटमा सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमले अमर्यादित गतिविधि देखाएको र त्यसबाट आफू दुःखी भएको उल्लेख छ ।
केही अनलाइन मिडियाले नियोजित रुपमा नबुझी, पत्रकारिताको सामान्य मूल्यलाई समेत ख्याल नगरी तथ्यलाई बंग्याएर बदनाम गरेको आरोप समेत उनले लगाएकी छन् । ‘लडेर मरेको गाईलाई व्यक्तिगत रिसइबीका कारण मारेको आरोप लगाई सोझा गाउँलेसँग पैसा असुल्ने र नाजायज दुःख दिने बिचौलियालाई कार्वाही गराउन आफुले गृहमन्त्रीको ध्यानाकर्षण गराएको पनि उनले बताएकी छन् ।
मुलुक धर्मनिपेक्षतामा गइसकेको बेला संविधानको मूल मर्मसँग बाझिएका कानून क्रमशः संशोधन हुँदै जाने तर्क गर्दै उनले, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आमसञ्चारको मूल्य मान्यता एवं साइबर कानूनको ख्याल गर्न सजग पनि गराएकी छन् । नुवाकोटको क्षेत्र नं १ प्रदेश ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित तामाङ, पूर्व कृषि विकास राज्यमन्त्री हुन् ।
तामाङको विज्ञप्ती