arrow

तीन विद्यार्थी संगठनले मागे शिक्षा ऐनको दशौँ संशोधन

logo
प्रकाशित २०७४ चैत १३ मंगलबार
student3.jpg

काठमाडौं । मूख्य तीन दल निकट विद्यार्थी संगठनले शिक्षा ऐन नवौं संशोधन खारेज गर्न माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

एमाले निकट अनेरा स्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र काँग्रेस निकट नेविसंघको पदाधिकारी नै मन्त्रालय पुगेर शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ८ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

विद्यार्थी संगठनले लाखौँ प्रतिस्पर्धीको अधिकारलाई कुण्ठित गर्दै र सिंगो शैक्षिक क्षेत्रलाई डामाडोल बनाउने गरी ल्याइएको शिक्षा ऐन नवौं संशोधनलाई अविलम्ब खारेज गरियोस्, भनेका छन् । उनीहरुले माइतीघर मण्डलामा आमरण अनसन बसेका शिक्षाशास्त्र संकायका विद्यार्थीको माग अविलम्ब पूरा गर्न र आउने चैत २३ गतेबाट हुने भनिएको शिक्षक सेवा आयोगको परिक्षा तत्काल स्थगित गर्न माग गरेका छन् ।

उनीहरुले शिक्षा ऐनको दशौँ संशोधन माग गर्र्दै त्यो संशोधनबाट सबै समस्या समाधान गरिनुपर्नेमा जोड दिएका छन् । शिक्षा ऐनको नवौं संशोधन अनुरुप तत्काल शिक्षक सेवा आयोगको परीक्षा गर्न माग गर्दै अस्थायी शिक्षक भद्रकालीमा अनसन बसेका छन् भने, नवौ संशोधन अनुसार अस्थायी शिक्षकबाट ७५ प्रतिशत र खुलाबाट २५ प्रतिशत परीक्षार्थी उत्तिर्ण हुने गरी गर्न लागेको परिक्षा तत्काल रोकियोस् भनि माइतीघर मण्डलामा अनसन बसेका छन् ।
यस्तै, उनीहरुले स्ववियु निर्वाचन हुन बाँकी विश्वविद्यालयहरुमा स्ववियु निर्वाचनको मिति घोषणाका लागि शिक्षामन्त्रीको निर्देशन मागेको छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ