काठमाडौं । मुटुको उपचारका लागि जापान रहेका पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधानको शल्यक्रिया भएको छ । जापानको टोकियोमा रहेको शोनान कामाकुरा जनरल अस्पतालमा प्रधानको सोमबार शल्यक्रिया गरिएको हो । मुटुको दुई वटा भल्ब बन्द भए पछि उनी नेपाल तथा भारतमा उपचार सम्भव नभए पछि चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य उपचारका लागि जापान गएका हुन ।
शल्यक्रियामा सहभागी डाक्टरका अनुसार प्रधानको बन्द भएको दुई भल्ब मध्ये एउटा भल्ब करिब एक घण्टा तिस मिनेटको अन्तिम समयमा खोलिएको हो । बाँकी बन्द अर्को भल्ब भने तत्काल खोल्न नसकिएको डाक्टरहरुले बताएको जापानबाट प्रधानकी श्रीमती विद्या वन मालीले जानकारी दिइन ।
सन २०११ मा हृदयघात भए पछि प्रधानको मुटुमा स्टेण्ड राखिएको छ । केही समय अघि देखि मुटुका दुई वटा भल्ब समेत बन्द भएदेखि प्रधानले शारिरिक रुपमा असहज महशुश गर्दै आएका थिए ।
प्रधान प्रतिनिधि सभा काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष तर्फ निर्वाचित सांसद समेत हुन । उनी गत शनिबार जापान गएका हुन ।