arrow

प्रधानन्यायाधीशको लागि तीन जनाकाे नाम संवैधानिक परिषदमा

logo
प्रकाशित २०७४ चैत १३ मंगलबार
suprim_cort.jpg

काठमाडौं । भावी प्रधानन्यायाधीशको लागि न्याय परिषदले  तीन जना न्यायाधीशको नाम पठाएको छ ।

मंगलबार बसेको न्याय परिषदको बैठकले सर्वोच्चका बरिष्ठतम न्यायाधीश दिपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबराको अभिलेख संवैधानिक परिषदलाई पठाएको हो ।
तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुली उमेरहदका कारण पदमुक्त भएपछि दिपकराज जोशी कायम मुकायम  प्रधानन्यायाधीशको भूमिकामा छन् ।

संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक परिषदमा विपक्षी दलको नेता समेत रहने व्यवस्था छ । नाम अनुमोदन हुनुअघि संसदीय सुनुवाई गर्ने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ