arrow

नरभक्षी बाघ बल्ल पर्यो नियन्त्रणमा

logo
प्रकाशित २०७४ चैत १४ बुधबार
tiger.jpg

रत्ननगर । मकवानपुर मनहरिस्थित प्रतापपुरमा मान्छे मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले मंगलबार साँझ नियन्त्रणमा लिएको छ । 

साँझ ६ः१० बजेको समयमा डाट गनमार्फत बेहोस बनाई बाघलाई नियन्त्रणमा लिइएको टोलीमा सहभागी चितवन निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डेले बताए ।

टोलीले खोरमा राखेर बाघलाई चितवन ल्याउँदै गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

उक्त बाघलाई निकुञ्जको पुर्वी सेक्टर कार्यालय सौराहामा राखिने र बुधबार मुख्य कार्यालय कसरामा पठाइने जनाइको छ । उक्त बाघ करिब चार÷पाँच वर्षको भाले रहेको अर्यालले बताए ।

मकवानपुरको मनहरि गाउँपालिका ७ रमौली प्रतापपुरमा उक्त बाघको आक्रमणबाट सोमबार एक जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए । 

त्यसलगत्तै चितवन र पर्साबाट पशु चिकित्सक, प्राविधिक, स्थानीय मध्यवर्तीका प्रतिनिधि र नेपाली सेनासहित ५० जनाको टोली डाटगनसहित बाघ नियन्त्रणका लागि खटिएको थियो । 

त्यस्तै बाघ नियन्त्रणका लागि चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको चार हात्तीसमेत परिचालन गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ